फाेटाे फिचर
-
२२ बैशाख २०७९, बिहीबार ११:१६घरदैलो र चुनावी सभा
तनहुँको ऋषिङ, बन्दिपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेकाहरु आ-आफ्नो पालिकामा मतदातासंग मत माग्दै तथा चुनावी गतिविधिमा सहभागि हुँदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ बैशाख २०७९, बुधबार ११:४७भानुमा चुनावी सभा
तनहुँको भानु नगरपालिका-४ स्थित चुँदी कुमाल गाउँमा मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न राजनीतिक दलले सभा सम्मेलन आयोजना गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० बैशाख २०७९, मंगलवार १२:३१स्थानीय निर्वाचनले तनहुँमा चहलपहल बढ्यो, उम्मेदवार घरदैलो र चुनावी सभामा केन्द्रित
आसन्न स्थानीय निर्वाचनको मिति नजिकिएसंगै तनहुँमा चुनावी गतिविधिले चहलपहल बढाएको छ । वैशाखको गर्मीसंगै चुनावी माहोलले तनहुँको जनजीवनलाई पनि चहलपहल बनाउँदै तताएको छ । जिल्लाको चार नगरपालिका र छ गाउँपालिकाको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य पद दावागर्ने दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु अहिले चुनावी गतिविधिमा…
पुरा पढ्नुहोस -
२० बैशाख २०७९, मंगलवार १२:०५सडक विस्तार
पृथ्वीराजमार्ग विस्तारका लागि आँवुखैरेनी-जामुने खण्ड अन्तरगत बन्दिपुर-१ नाहालामा सडक चौडा बनाउन काम गरिदै । पृथ्वीराजमार्गको तनहुँ खण्डलाई दुइ भागमा विभाजन गरी अहिले सडक चार लेनको बनाउने कामलाई तीब्रता दिइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ बैशाख २०७९, सोमबार १०:५२चण्डीदेवी मन्दिरमा भक्तजनको भिड
तनहुँको म्याग्दे गाउँपालिका-१ दभुङ स्थित चण्डी देवी मन्दिरमा पुजाअर्चनाका लागि आएका भक्तजनहरु । तनहुँ, कास्की, स्याङजा लगायतका छिमेकी जिल्लाका समेत भक्तजनहरु यहाँ पुजाअर्चनाका लागि आउने गर्दछन् । आइतबार सयौंको संख्यामा भक्तजनहरुले पुजाअर्चना गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ बैशाख २०७९, सोमबार १०:४८म्यादी प्रहरी परिचालित
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी तनहुँको सदरमुकाम दमौलीमा परिचालन गरिएका म्यादी प्रहरी । तालिम सकाएर जिल्ला प्रहरी कार्यालय तनहुँले दशवटै पालिकामा म्यादी प्रहरी परिचालन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ बैशाख २०७९, शुक्रबार १२:३८बन्दिपुरको चिनो
तनहुँको पर्यटकी नगरी बन्दिपुर घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बन्दिपुरको चिनारी झल्कने वस्तु विक्रीका लागि तयारी गर्दै स्थानीय एक व्यवसायी महिला । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ बैशाख २०७९, शुक्रबार १२:०२माओवादी केन्द्रको चुनाव प्रचार अभियान
स्थानीय निर्वाचनको प्रचार प्रसारका लागि विहीबार तनहुँको बन्दिपुरमा योङ कम्युनिष्ट लिग नेपाल बन्दिपुर गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय भेलाका सहभागिहरु । नेकपा माओवादी केन्द्रबाट बन्दिपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः पूर्णसिं थापा र करुणा गुरुङले उम्मेदवारी मनोनयन दर्ता गरेसंगै चुनाव लक्षित कार्यक्रम तथा घरदैलो अभियानलाई…
पुरा पढ्नुहोस -
१५ बैशाख २०७९, बिहीबार ११:३८सडक विस्तारका लागि काम गर्दै
तनहुँको घिरिङ गाउँपालिका-३ स्थित मानपुरमा सडक विस्तारका लागि काम गर्दै मजदूर । घिरिङदेखि नवलपुरको डेढगाउँसम्म सडक विस्तारका लागि यो खण्डमा काम भइरहेको छ । तस्विर : रासस
पुरा पढ्नुहोस