फाेटाे फिचर
-
१३ पुष २०७८, मंगलवार ११:३७खोप लगाएपछि कार्ड देखाउँदै
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमुनि माध्यमिक विद्यालयका विद्यार्थी कोभिड-१९ विरुद्धको मोर्डना खोप लगाएपछि खोप कार्ड देखाउँदै । नगरपालिकाले १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाइरहेको छ । तस्वीर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ पुष २०७८, मंगलवार ११:१५फापरबाली उठाउँदै महिला
पाल्पाको तानसेन नगरपालिकाको छापामा ढलेको फापरबाली उठाउँदै महिला । पछिल्ला वर्ष फापर खेती हराउँदै गएपनि सहरी क्षेत्रमा फापरको परिकारको माग बढ्दो छ । तस्वीर : कृष्ण दर्नाल/रासस
पुरा पढ्नुहोस -
१२ पुष २०७८, सोमबार ११:११घरमै रोजगारी
तनहुँको बन्दिपुर गाउँपालिका-५ भुजेलगाउँकी महिला नाङ्लो बुन्नका लागि बासको सामाग्रि तयार गर्दै । यहाँका भुजेल समुदायहरुले बासबाट नाङ्लो, डोको, डालो, भकारी लगायतका सामाग्रि निर्माण पश्चात बिक्री वितरण गरी जिविकोपार्जन गर्दै आएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ पुष २०७८, सोमबार ११:०७सुन्तलाले दिएको रोजगारी
तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोकमा उत्पादित सुन्तला बिक्रीका लागि टिपेर ल्याउँदै गरेका स्थानीय महिला । यहाँका कृषकको बारिमा फलेको सुन्तला टिप्नका लागि स्थानीयले रोजगारी पाएका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ पुष २०७८, सोमबार ११:३७योमरी तयार गरिदै
तनहुँको बन्दिपुर-१ डुम्रे बजारका नेवार समुदायका महिलाहरु योमरी पुन्हि अर्थात् योमरी पूर्णिमाका दिन आइतबार योमरी तयार गर्दै । नेवार समुदायमा यस पर्वका अवसरमा योमरी अर्थात् मनपरेको रोटी पनि नयाँ धानको चामलबाट बनाउने परम्परा रहेको छ । नेवार समुदायमा धानलगायत यसवर्ष उब्जनी भएको नयाँ अन्नबालीलाई पूजा…
पुरा पढ्नुहोस -
५ पुष २०७८, सोमबार ११:२२मतदाता नामावली संकलन
तनहुँको भानु नगरपालिका-७ को वडा कार्यालयमा आइतबार फोटो सहितको मातदाता नामावली दर्ता गर्न आएका सर्वसाधारणहरु । जिल्ला निर्वाचन कार्यालय र नगरपालिकाले वडा नं. १ देखि ७ सम्म छुटफुट भएकाहरुको आइतकार नामावली संकलन गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ पुष २०७८, आईतवार ११:४३बेसिजनमा हरिया मकैको व्यापार
तनहुँको दमौलीमा हरिया मकै पोलेर बिक्री गर्दै महिलाहरु । चितवनबाट ल्याइएका हरिया मकै पोलेर प्रति घोगा ३०/३५ रुपैयाँसम्म बिक्री वितरण हुने गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ पुष २०७८, आईतवार ११:३४जाडोलाई न्यानो कपडा
तनहुँको व्यास-५ पाटनमा जारी प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव स्थलमा न्यानो कपडा खरिद बिक्री गरिदै । कोरोना कहरका कारण दुइ वर्षदेखि सञ्चालन हुन नसकेको मेला महोत्सव पुनः सञ्चालनमा आउन थालेका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ पुष २०७८, बिहीबार ११:४१तोरी फुल्यो पहेलै
तनहुँको शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दी पाटनमा पहेलपुर भएर फुलेको तोरी । तेल तथा तेलजन्य वस्तुमा परनिर्भता बढ्दै जाँदा जिल्लामा तोरीखेती गर्ने प्रचलन कम हुँदै गएको छ । तस्विर : राजकुमार आले/भञ्ज्याङ
पुरा पढ्नुहोस