फाेटाे फिचर
-
२४ मंसिर २०८२, बुधबार १२:५६रैथाने तथा स्थानीय परिकार बनाउने सीप
तनहुँको बन्दीपुर गाउँपालिका–३ सेराटारका होमस्टे सञ्चालकहरुलाई स्थानीयस्तरमै उत्पादन हुने कृषि उपजबाट विभिन्न खानाका परिकार बनाउन आयोजित तालिममा सहभागिहरु । कृषि विकास कार्यालय, तनहुँको होमस्टे सञ्चालकलाई लक्षित गरी ‘रैथाने तथा स्थानीय परिकार विविधीकरण सम्बन्धी तालिम’ सञ्चालन गरेको हो । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन तथा…
पुरा पढ्नुहोस -
२४ मंसिर २०८२, बुधबार १२:४७कुकुरको बन्ध्याकरण
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमा कुकुरको बन्ध्याकरण गरिदै । केन्द्रले सामुदायिक तथा घरमा पालिएका कुकुरबाट बढ्दो सडक दुर्घटनाको जोखिम र रेबिज रोगको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै रेबिज खोप तथा बन्ध्याकरण अभियानलाई तीव्र पारेको छ । व्यास नगरपालिकाको समन्वयमा निःशुल्क पशु स्वास्थ्य शिविर…
पुरा पढ्नुहोस -
२४ मंसिर २०८२, बुधबार १२:४३भक्तजनको स्वास्थ्य परीक्षण
तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा पूजाअर्चना तथा दर्शनका लागि आएका भक्तजनको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । भानु नगरपालिकाको स्वास्थ्य शाखाले शिविर राखेर थानीमाई दर्शनार्थीका लागि निःशुल्क प्राथमिक उपचार सेवा प्रदान गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ मंसिर २०८२, मंगलवार १२:४२माटो परीक्षण शिविर
तनहुँको बन्दीपुर गाउँपालिका–३ सेराटारमा स्थानीय किसानको खेतबारीको माटो परीक्षण गरिदै । कृषि विकास कार्यालय तनहुँले विश्व माटो दिवस मनाउने सन्दर्भमा ‘स्वास्थ माटो, स्वस्थ सहर’ भन्ने नाराका साथ पालिकाहरुमा माटो परीक्षण शिविर सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ मंसिर २०८२, सोमबार ११:२१किसानलाई आलु खेती सम्बन्धी तालिम
तनहुँको भिमाद नगरपालिका–२, जिलाङका किसानलाई खेतबारीमा पुगेर आलु खेती प्रविधि सम्बन्धी स्थलगत तालीम सञ्चालन गर्दै कृषि विकास सेवा केन्द्रका प्राविधिकहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ मंसिर २०८२, आईतवार ११:५८च्याउ खेती सम्बन्धी तालिम
तनहुँको भानु नगरपालिका–२ का किसानहरुलाई लक्षित गरी सञ्चालन गरिएको दुई दिने च्याउ खेती सम्बन्धी स्थलगत तालिममा सहभागिहरु । व्यवसायिक कीट विकास केन्द्र बन्दीपुर तनहुँले स्थलगत रुपमै किसानहरुलाई व्यवसायिक रुपमा च्याउ खेती तालिम सञ्चालन गर्दै आएको छ भने कार्यालयले मौली पालनका लागि पनि तालिम सञ्चालन गर्दै…
पुरा पढ्नुहोस -
२१ मंसिर २०८२, आईतवार ११:४६मुकुन्देश्वरी पदमार्ग
‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरदेखि चुलीडाँडासम्म चीनको ‘ग्रेटवाल’को झल्को दिनेगरी निर्माण गरिएको मुकुन्देश्वरी पदमार्ग । यस पदमार्ग बन्दीपुर आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । आगामी दिनमा यस पदमार्गलाई पृष्ठभूमिमा देखिएको मुकुन्देश्वरी डाँडास्थित गढीसम्म जोड्ने गाउँपालिकाको योजना रहेको छ ।…
पुरा पढ्नुहोस -
१९ मंसिर २०८२, शुक्रबार १३:१७संरक्षणको पर्खाइमा ऐतिहासिक पाण्डुलिपि
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुजन्मस्थल विकास समितिको सङ्ग्रहालयमा राखिएको आदिकवि भानुभक्त आचार्यद्वारा लिखित पाण्डुलिपि धमिराले खाएको अवस्थामा । करिब २०० वर्ष अघि लेखिएको उनका अमूल्य हस्तलिखित पाण्डुलिपिहरू दराजभित्र राखिए पनि धमिरा तथा किराबाट सुरक्षित हुने व्यवस्था नमिलाइदा संरक्षणको पर्खाइमा बसेका छन् । जन्मस्थल विकास…
पुरा पढ्नुहोस -
१८ मंसिर २०८२, बिहीबार १३:२३धान पराल थन्काउन दाँइ
तनहुँको भिमाद नगरपालिका–१ चाङरुङका किसानहरु धान पराल छुट्याएर थन्काउनका लागि दाँइ हाल्दै । असारमा रोपिएको धानको विऊ कात्तिक, मंसिर महिनामा पाकेपछि काटेर केही दिन कुनियो बनाएर राख्ने गरिन्छ । कुनियोमा राखिएको धान पराललाई छुट्याएर थनकाउनका लागि किसानहरु गोरुको प्रयोग गरी दाई हाल्ने गर्दछन् । यसरी…
पुरा पढ्नुहोस