फाेटाे फिचर
-
१५ कार्तिक २०७८, सोमबार ११:३८भुजेल समुदायको भवन
तनहुँको व्यास नगरपालिका-१२ लामिडाँडाका भुजेल समुदायको भवन निर्माणका लागि जग खनिदै । यहाँका बासिन्दा करिब ९० प्रतिशत सुकुम्बासीहरु रहेका र अशिक्षित तथा आर्थिक विपन्नताबाट गुज्रिरहेका भुजेल समुदायको साँस्कृतिक पहिचान झल्कने गरी भवन निर्माणका लागि व्यास नगरपालिकाले सहयोग गरेको स्थानीय पृथ्वी भुजेलले जानकारी गराए । तस्विर…
पुरा पढ्नुहोस -
१५ कार्तिक २०७८, सोमबार ११:१८माछापुच्छ्र्रे हिमाल
कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडाबाट देखिएको माछापुच्छ्र्रे हिमाल । तस्विर : राधिका कँडेल/रासस
पुरा पढ्नुहोस -
१५ कार्तिक २०७८, सोमबार ११:१६घरवासका पहुनालाई स्वागत गरिदै
तनहुँको म्याग्दे गाउँपालिका-७ हर्षपुरस्थित घरवासमा पुगेका पाहुनालाई स्वागत गर्दै स्थानीय महिला । कोरोना कहरका कारण लामो समय बन्द रहेका घरबास सञ्चालनमा आउन थालेका छन्। तस्विर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
१४ कार्तिक २०७८, आईतवार ११:३१बन्दिपुरको सम्झना
बुटवलबाट तनहुँको बन्दिपुर घुम्न आएका युवाहरु सामुहिक तस्विर खिचाउँदै । पर्यटकीय सिजन सुरु भएसंगै बन्दिपुरमा आन्तरिक पर्यटकको आगमन बढ्न थाल्दा कोरोनाले थल परेको पर्यटन व्यवसाय लयमा र्फकन थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ कार्तिक २०७८, आईतवार ११:१२मुक्तिनाथ मन्दिरमा राष्ट्रपति
राष्ट्रपति विद्यादवी भण्डारी शनिबार पूजाअर्चनाको क्रममा मुक्तिनाथ मन्दिरमा । तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय/रासस
पुरा पढ्नुहोस -
१३ कार्तिक २०७८, शनिबार १८:०८विद्यालयबाट घर र्फकदै विद्यार्थीहरु
तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयको कक्षा ११ र १२ को विहानी संकायमा पठनपाठन गरी घर र्फकदै गरेका विद्यार्थीहरु । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ कार्तिक २०७८, शनिबार १८:०३सामुहिक रुपमा कोदो टिप्दै
खेतालाको समस्या भोगिरहेका त्रिपुरासुन्दरी गाउँपालिका-५ धादिङका महिलाहरुले सामुहिक कामको सुरुवात गरेका छन् । धान काट्ने, कोदो टिप्ने, बारी खन्ने आदी काममा समूहका सबै सदस्यहरुले एक अर्काको काम गरेर सामुहिक कामको सुरुवात गरेका हुन् । तस्विर : रासस
पुरा पढ्नुहोस -
१२ कार्तिक २०७८, शुक्रबार ११:१०पाक्यो धान
तनहुँको भानु नगरपालिका-५ ढाँडखोलाका कृषकहरु असारमा रोपेको धान खेती पाकेपछि काँटदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ कार्तिक २०७८, शुक्रबार ११:०८अतिथिलाई स्वागत
नेकपा (एमाले) ऋषिङ गाउँ कमिटीको विहीबार आयोजित प्रथम अधिवेशनमा सहभागि अतिथिहरुलाई नृत्य प्रस्तुत गरी स्वागत गर्दै स्थानीय युवतीहरु । अधिवेशनले गञ्जसिंह गुरुङको अध्यक्षतामा ५३ सदस्यीय गाउँकमिटी सर्वसम्मत चयन गरेको छ । गाउँ कमिटीको उपाध्यक्षमा हिरा थापा, सचिव कविराज श्रेष्ठ, सहसचिव भुवन रानाभाट, पुननारायण विक चयन…
पुरा पढ्नुहोस