फाेटाे फिचर
-
४ कार्तिक २०७८, बिहीबार २०:१७ग्रामीण क्षेत्रमा खेलकुदको रौनक (फोटोफिचर)
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङस्थित ठुलोढुङ्गामा सिद्धबाबा युवा क्लब पया“स्वाराले आयोजना गरेको ‘नबौं सिद्धबाबा कप-२०७८’ फुटबल प्रतियोगिताको प्रि क्वटर चरणमा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै खेलाडीहरु । दशै पर्वका अवसरमा आयोजित फुटबाल प्रतियोगितामा २९ टिमको सहभागीता रहेको छ । तस्विर : संगम सुमिर पिया/भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ कार्तिक २०७८, बिहीबार ११:१८पाक्न लागेको धानखेती
तनहुँको व्यास र भानु नगरपालिकाको सिमाना विर्ता फाँटमा पाक्दै गरेको धानखेती । बेमौसमी झरीका कारण पाक्न लागेको धानखेतीमा क्षति पुर्याउँदा कृषक चिन्तित छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ कार्तिक २०७८, बुधबार ११:२२झरीले बिग्रेको सडक
दमौली-पोखरीछाप सडकखण्ड अन्तरगत भानु नगरपालिका-१३ लम्केमा फसेको गाडी निकाल्ने प्रयास गरिदै । सडकको स्तरोन्नतीमा सरोकारवाला निकायले ध्यान नदिंदा सानो पानी आउँदा पनि यातायातका साधन गुड्न नसक्दा सर्वसाधारणले सा“स्ती झेल्निु परेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ कार्तिक २०७८, बुधबार ११:१४प्रचारप्रसारको पर्खाइमा ठूलोढुंगा
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थित ठूलोढुङ्गा । यहाँ ठूलोढुङ्गा भित्र गुफा र गुफाभित्र सिद्धबाबाको मन्दिर रहेको छ भने ढुंगामाथी ठूलठूला रुखहरु रहेका छन् । ऐतिहासिक, धार्मिक तथा प्राकृतिक हिसावले महत्वपूर्ण रहेपनि यो स्थानले उचित प्रचारप्रसार नपाउँदा ओझेलमा परेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ कार्तिक २०७८, मंगलवार ११:१७कुवाको पानी
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थित पयाँस्वाराका युवतीहरु सतीपानीको कुँवामा खानेपानी भर्दै । पानीको कुवा माथीबाट मोटरबाटो खनिएपछि पहिरोको जोखिममा परेको यो खानेपानीको कुवा संरक्षणका लागि स्थानीय लागि परेका छन् । हिउँदको समयमा यस कुवामा पानी सुक्ने हुँदा स्थानीयले खानेपानी जोहो गर्न दुइ/तीन घण्ट खर्चनु पर्ने…
पुरा पढ्नुहोस -
२ कार्तिक २०७८, मंगलवार ११:०४भगवतीपानी मन्दिर
तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरमा रहेको भगवतीपानी मन्दिर । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजन यहाँ पूजाआजाका लागि आउने गर्दछन् । तस्विर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
२ कार्तिक २०७८, मंगलवार ११:००बाँझिएको खेत
तनहुँको भानु नगरपालिका-१३ को मिर्लुङ स्थित खरिबोटेमा बाँझिएको खेत । गाउँमा युवा जनशक्ति नहुँदा खेतीयोग्य खेतबारी बाँझिदै जान थालेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ कार्तिक २०७८, सोमबार १२:३०आन्तरिक पर्यटकको चहलपहल
तनहुँको पर्यटकीय नगरी बन्दिपुर स्थित टुडिखेलबाट हिमालको दृष्य अवलोकन गर्दै आन्तरिक पर्यटक । दसैं पर्वसंगै बन्दिपुरसंगै तनहुँका पर्यटकीय गन्तव्यहरुमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्विर : डीपी अधिकारी/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ कार्तिक २०७८, सोमबार १२:१६दसैंका यात्री
तनहुँको दमौली स्थित भोर्लेटार चोकमा आइतबार साँझ दसैं पर्व मनाएर फर्किएका तथा आफ्ना मान्यजनकोमा टीका ग्रहण गर्न हिडेका यात्रीहरु । दसैं पर्वका कारण यतिबेला यातायातका साधान यात्रु भरिभराउ छन् भने शहर, बजार तथा ग्रामीण क्षेत्रमा समेत चहलपहल बढेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस