फाेटाे फिचर
-
२९ आश्विन २०७७, बिहीबार १२:०८म्याग्देको फेदीखोला फाँटमा धान काट्दै कृषक
तनहुँको म्याग्दे गाउँपालिका-६ फेदीखोला स्थित फाँटमा पाकेको धान काट्दै कृषकहरु । उन्नत जात तथा चाडै पाक्ने धानको विऊ रोपेका कृषकहरुलाई यतिबेला धान काट्न र थनकाउन चटारो परेको छ । तस्विर : सानेबहादुर नेपाली/रासस
पुरा पढ्नुहोस -
२८ आश्विन २०७७, बुधबार ११:३४स्वास्थ्य सामाग्रि र ट्राफिक सामाग्रि वितरण तथा सचेतना कार्यक्रम
तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारमा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा । गाउँपालिकाले सुरक्षाकर्मी तथा सर्वसाधारणलाई स्वास्थ्य सुरक्षाका सामाग्रिका साथै डुम्रे बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने ८ थान होडिङबोर्ड र ३३ थान ट्राफिक संकेतका बोर्ड उपलब्ध गराएको छ । तस्विर…
पुरा पढ्नुहोस -
२७ आश्विन २०७७, मंगलवार ११:४५मालपोतमा सेवाग्राहीको भीड
तनहुँको मालपोत कार्यालयमा सोमबार सेवाग्राहीको भीड । कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिम बढ्दै गएपनि जिल्लाको मालपोत कार्यालय, आन्तरिक राजश्व कार्यालय तथा बजार क्षेत्रमा व्यवसायीहरुले स्वास्थ्य सुरक्षा सामाग्रिको प्रयोग तथा मापदण्ड पालनामा लापरवाही गर्दै आएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ आश्विन २०७७, मंगलवार ११:३१विद्यार्थीलाई पोषाक वितरण
तनहुँको बन्दिपुर गाउँपालिकाका विभिन्न विद्यालयका बालबालिकालाई वरिष्ठ क्यानसर रोग विशेषज्ञ डा. मदन पिया र पोखरा पिपल चौतारी लायन्स क्लव पोखराले उपलब्ध गराएको विद्यालय पोषाक वितरण गर्दै गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा । गाउँपालिकाको वडा नं. ४ को दिल प्राथमिक विद्यालय, वडा नं. २ का चामुण्ड प्रथामिक…
पुरा पढ्नुहोस -
२६ आश्विन २०७७, सोमबार १२:१५स्वास्थ्य परीक्षण
लायन्स क्लब अफ पोखरा पिपल चौतारी र लायन्स क्लब अफ पोखरा समर्पणले तनहुँको बन्दीपुर गाउँपालिकाको भुजेल गाउँमा आयोजना गरेको स्वास्थ्य शिविरमा सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्दै चिकित्सिक । गाउँमै स्वास्थ्य परीक्षणको व्यवस्था भएपछि स्थानीय खुशी भएका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
२५ आश्विन २०७७, आईतवार १३:३६कोभिड-१९ परीक्षणका लागि स्वाब नमुना संकलन
तनहुँको व्यास नगरपालिकाले कोभिड-१९ संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका नागरिकहरुको स्वाब नमुना संकलन गर्दै । नगरपालिकाको स्वास्थ्य शाखाले शनिबार ७३ जनाको स्वाब नमुना संकलन गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ आश्विन २०७७, आईतवार १३:२६खैरेनीटारकी कृष्टिनाको अनलाइन कक्षा
तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेकी कृष्टिना सिग्देल घरमै अनलाईन प्रविधिबाट पढ्दै । दुलेगौंडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा-२ मा अध्ययनरत कृष्टिना कोरोना कहरका कारण विद्यालय नखुलेपछि घरमै अभिभावकको मोबाइल मार्फ अनलाईन कक्षामा जोडिएर पढ्दै आएकी छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ आश्विन २०७७, शुक्रबार १२:२५विद्यालय जाँदै गरेका छात्राहरु
तनहुँको व्यास नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय खुल्ला गर्न अनुमति दिएपछि विद्यालय जाँदै गरेका छात्राहरु । पछिल्लो समय कोभिड-१९ संक्रमण दर उच्च बन्दै गएको भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना नगरी विद्यालय खुल्ला गरिदा भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । तस्विर :…
पुरा पढ्नुहोस -
२३ आश्विन २०७७, शुक्रबार ११:४७खानाका परिकार अवलोकन
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा गाउँ विकास समितिको आयोजनामा पोखरा-१८ सराङकोटमा सञ्चालन भएको घरबास पर्यटन विकास सम्बन्धी आधारभूत तालिममा सहभागीहरुले तयार पारेका खानाका परिकारको अवलोकन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बराल । तस्विर : कृष्ण दवाडी/रासस
पुरा पढ्नुहोस