फाेटाे फिचर
-
२ भाद्र २०८२, सोमबार १७:४७निर्माणाधिन विद्यालय भवन
तनहुँको भानु नगरपालिका–५ बारीफाँटस्थित नारायणी आधारभूत विद्यालयको निर्माणाधिन भवन । यूनाइटेड वर्ल्ड स्कूल नामक संस्थाको सहयोगमा निर्माणाधीन ११ कोठे पक्की भवन अन्तिम चरणमा पुर्याइएको छ । सुविधासम्पन्न शौचालय भवन तथा कक्षाकोठाका लागि विविध फर्निचरहरु (बुक कर्नरका लागि र्याक, बाल विकास केन्द्रका बालबालिकाका लागि होचो राउण्ड…
पुरा पढ्नुहोस -
२९ श्रावण २०८२, बिहीबार १२:१३ढोरवाराही मोटरमार्गमा श्रमदान
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखे नजिकै ठेसमखोलाको उकालोमा सडक मर्मतका लागि श्रमदान गरिदै । नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल शुक्लागण्डकी नगर समितिले बुधबार उकालो बाटोको कालोपत्रे उप्किएपछि स्थानीय उपभोक्ताले श्रमदान गरी सडक मर्मत सुधार गरेका हुन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ श्रावण २०८२, बिहीबार १२:०८भिमादको ऐतिहासिक झोलुङ्गेपुल
तनहुँको भिमाद नगरपालिका–६ र म्याग्दे गाउँपालिका–५ जोड्ने सेती नदीमाथि रहेको ऐतिहासिक झोलुङ्गेपुल जीर्ण अवस्थामा । शुक्लागण्डकीस्थित मिनामखानीबाट निकालिएका फलाम र स्थानीय कालीगढबाट उक्त पुलको निर्माण गरिएको थियो । यो पुल वि.सं. १७७८ मा निर्माण भएको शिलालेखमा उल्लेख छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
२७ श्रावण २०८२, मंगलवार १२:३३भानुको ज्यामरुक स्वास्थ्य चौकीमा स्तनपान सचेतना
तनहुँको भानु नगरपालिका–१२ स्थित ज्यामरुक स्वास्थ्य चौकीमा स्तनपान सप्ताह अन्तर्गत आयोजित सचेतनामुलक कार्यक्रममा सहभागिहरु । “स्तनपानलाई प्राथमिकता दिऔः दिगो समर्थन प्रणाली निर्माण गरौं” भन्ने मुल नारा सहित मनाइएको स्तनपान सप्ताहमा भानु नगरपालिका अन्तर्गतका स्वास्थ संस्थाहरुमा मातृ तथा शिशु स्वास्थको प्रवर्द्धन, स्तनपानको महत्त्वबारे जनचेतना अभिबृद्धि तथा…
पुरा पढ्नुहोस -
२६ श्रावण २०८२, सोमबार १३:०४दमौलीमा गाइजात्रा
तनहुँ सदरमुकाम दमौलीमा आइतबार साँझ प्रदर्शन गरिएको गाइजात्रा । दमौलीमा बसोवास गर्ने नेवार समुदायका तनहुँसुर भिमसेन गुठी, छंगेली नेवा खल, तनहुँ कालिका गुठी लगायतले गाइजात्रा प्रदर्शन गरेका थियो । नेवार समुदायले वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा जनैपूर्णिमाको भोलिपल्ट गाइजात्रा निकाल्ने परम्परा रहेको छ । तस्विर…
पुरा पढ्नुहोस -
२६ श्रावण २०८२, सोमबार १२:५६फेसन डिजाइन तालिम र प्रदर्शनी (फोटोफिचर)
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ राष्ट्रिय महिला उद्यमी समिति गण्डकी प्रदेश र नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राष्ट्रिय महिला उद्यमी समिति कास्कीले संयुक्त रुपमा पोखरामा सञ्चालन गरेको १० दिने फेसन डिजाइन तालिममा सहभागिहरुले तयार गरेको डिजाइन प्रदर्शनी गरिदै । आधारभूत तहको तालिम लिई…
पुरा पढ्नुहोस -
२२ श्रावण २०८२, बिहीबार ११:४६कोदो रोप्दै
लमजुङको मध्यनेपाल नगरपालिका–१० थान्सिङ्गका कृषकहरु पाखोबारीमा कोदोको विऊ रोप्दै । खेतमा धान रोपाई सकेपछि कृषकहरुले पाखोबारीमा कोदो खेती गर्ने गर्छन । तस्बिर : देवेन्द्र गुरुङ/रासस
पुरा पढ्नुहोस -
२१ श्रावण २०८२, बुधबार १३:१७काहुँशिवपुरमा विश्व स्तनपान सप्ताह
ऋषिङ गाउँपालिका–२ स्थित काहुँशिविपुर स्वास्थ्य चौकीमा सोमबार “स्तनपानलाई प्राथमिकता दिऔँः सहयोगी वातावरण निर्माण गरौँ” भन्ने मूल नाराका साथ आयोजित विश्व स्तनपान सप्ताह–२०८२ कार्यक्रमका सहभागिहरु । सहभागिहरुलाई स्तनपान सम्बन्धी स्वास्थ्य शिक्षाका विषयमा सहजिकरण गरिएको थियो । कार्यक्रममा सुनौला हजार दिन अन्तरगतका आमाहरूलाई लक्षित गरी स्तनपानको महत्व,…
पुरा पढ्नुहोस -
२१ श्रावण २०८२, बुधबार १३:११जलाहरी सुनार जाल बन्दै
लमजुङको मध्यनेपाल नगरपालिका–९ बांग्रेबेसीको चौतारोमा बसेर जाल बुन्दै जलाहरी सोमबहादुर सुनार । उनले दैनिक बिहान बेलुका जाल खेलेर गुजारा चलाउँदै आएका छन् । तस्बिर : देवेन्द्र गुरुङ/रासस
पुरा पढ्नुहोस