दशैमा रोटेपिङको रमाइलो

तनहुँको बन्दीपुर गाउँपालिका–१ प्युघरमा निर्माण गरिएको चर्खे पिङ (रोटेपिङ) खेलेर रमाउँदै बन्दीपुर घुम्न आएका पर्यटकहरू । दशैं र तिहारमा चर्खे पिङ चढ्ने परम्परा रहेपनि पछिल्लो समय युवापुस्ता नहुँदा ग्रामीण क्षेत्रमा पिङ हाल्ने प्रचलन लोप हुँदै गएको छ । पहिले गाउँदेखि सहरसम्म पिङको माहोल देखिन्थ्यो, तर अहिले त्यस्तो रौनक कमै मात्र देखिन्छ । तस्विर : भञ्ज्याङ










