फाेटाे फिचर
-
३१ असार २०८२, मंगलवार ११:१६डुम्रे बजार र चुदी खोलाको पुल
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार र भानु नगरपालिका–१ भन्सार जोड्ने चुँदी खोलामाथि रहेको पक्की पुल । यो पुल लमजुङ जाने प्रमुख नाका हो । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
३० असार २०८२, सोमबार ११:४९मुकुन्देश्वरी पदमार्ग
तनहुँको बन्दीपुर गाउँपालिका–२ मुकुन्देश्वरी डाँडामा निर्माण गरिएको मुकुन्देश्वरी पदमार्गको पर्खाल (मिनी ग्रेटवाल) र पृष्ठभूमिमा बन्दीपुर बजार । बन्दीपुर आउने पर्यटकको बसाई लम्ब्याउन गाउँपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ असार २०८२, आईतवार १२:०४भिमादमा साइलेज उद्योग
तनहुँको भिमाद नगरपालिकाले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत पशुपालक कृषकलाई घाँसको अभाव टार्न घाँस भण्डारण गर्ने प्रविधि साइलेज उद्योग सञ्चालनका लागि मेसिन परीक्षण गरिदै । नगरपालिकाले डेरी सहितको साइलेज उद्योगका लागि आवश्यक मेशिनरी सामान तथा भौतिक संरचनाको निर्माण गरेको छ । उद्योग संचालनका लागि नगरपालिकाले…
पुरा पढ्नुहोस -
२९ असार २०८२, आईतवार ११:५४रेडक्रस सोसाइटीको साधारणसभा
नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको शनिबार दमौलीमा आयोजित ४२औँ साधारणसभाको उद्घाटन गर्दै सांसद एवं पूर्वमन्त्री शंकर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत । तनहुँ शाखाका सभापती प्रा.डा. कृष्ण प्रसाद गौतमको अध्यक्षतामा आयोजित साधारण सभामा उत्कृष्टा उपशाखा तथा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । तस्बिर…
पुरा पढ्नुहोस -
२७ असार २०८२, शुक्रबार १३:१४भिमादका कृषकलाई अनुदानमा कृषि औजार
तनहुँको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी र उपप्रमुख शारदा खनाल कृषकलाई आधुनिक कृषि औजार हस्तान्तरण गर्दै । नगरपालिकाले कृषि क्षेत्रलाई व्यवसायीक र प्रविधियुक्त बनाउने उद्देश्यका साथ कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र थ्रेसर वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/०८२…
पुरा पढ्नुहोस -
२७ असार २०८२, शुक्रबार १३:०३उत्कृष्ट विद्यार्थीलाई सम्मान
तनहुँको ऋषिङ गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल शुक्ला माध्यमिक विद्यालयका विद्यार्थी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरेको छ । गाउँपालिकाले परीक्षामा उत्कृष्ट १५ मध्ये १० जना विद्यार्थीलाई ११ र १२ पढ्नको लागि छात्रवृत्ति सहित सम्मान गरेको छ । तस्विर :…
पुरा पढ्नुहोस -
२७ असार २०८२, शुक्रबार १३:०२पर्यटन प्रवर्द्धनका लागि कृत्रिम ताल
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको कृत्रिम ताल। गाउँपालिकाले यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल तथा आँधीमूल मन्दिर क्षेत्रमा पर्यटन लक्षित पूर्वाधारहरु निर्माण कार्य अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ असार २०८२, बिहीबार १२:२०अन्तिम कालोपत्र
पृथ्वीराजमार्ग विस्तार योजना अन्तर्गत जामुने–पोखरा (पश्चिम) खण्डको म्याग्देको थर्पुमा अन्तिम कालोपत्र गरिदै । आँवुखैरेनी–जामुने (पूर्वी) खण्डको कालोपत्रको काम सकिएपछि पश्चिम खण्डको कालोपत्र तथा अन्य कार्यको करिब ५५ प्रतिशत भौतिक प्रगति भएको योजनाले जनाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ असार २०८२, बुधबार १३:४६कृषकलाई रोपाईको चटारो
तनहुँको म्याग्दे गाउँपालिकाको थर्पुस्थित खेतमा असारे धानको विऊको रोपाई गर्दै । यस वर्ष प्रयाप्त वर्षा नहुँदा आकाशे पानीको भरमा रोपाई गर्ने खेत तथा फाँटहरुमा रोपाई हुन सकेको छैन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस