फाेटाे फिचर
-
१५ असार २०८२, आईतवार १२:३०माछा मार्न जाल फ्याक्दै
तनहुँको व्यास नगरपालिका १ र २ को सिमनामा पर्ने बुल्दीखोलामा माछा मार्न जाल फ्याक्दै एक व्यक्ति । अतिक्रमणको चपेटामा परेको र बजारको ढल तथा केमिकलयुक्त पानी सिधै खोलामा मिसाइदा प्रदुषण र दुर्गन्धित बन्दै गएको छ । तस्बिर : सानेबहादुर नेपाली÷रासस
पुरा पढ्नुहोस -
१३ असार २०८२, शुक्रबार १२:३२भिमादको बुढुवाफाँट
तनहुँको भिमाद नगरपालिका–५, स्थित बुढुवाफाँट । वर्षा लागे सँगै यस फाँटमा किसानहरुले असारे धान रोपाइ थालेका छन् । मनसुन भित्रिपनि प्रयाप्त पानी नपरेका कारण सिंचाई सुविधा भएका बाहेक अन्य खेत तथा फाँटमा रोपाई सुरु हुन सकेको छैन । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस -
१३ असार २०८२, शुक्रबार १२:२३मगर समुदायको बस्ति रघुगाउँ
तनहुँको भिमाद नगरपालिका–२ मा अवस्थित रघुगाउँ । करिब ३०० भन्दा बढी घरधुरी रहेको यो गाउँ ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विविधताले भरिपूर्ण छ । नेपालकै ठूलो मगर बस्तीमध्ये एक मानिने रघुगाउँ हाल ग्रामीण पर्यटनको नमुना गन्तव्यको रूपमा विकास गर्दै लगिएको छ । तस्विर : सागर गिरी/रासस
पुरा पढ्नुहोस -
१२ असार २०८२, बिहीबार १२:३६तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण तीव्र
तनहुँ जलविद्युत् आयोजनाको १४० मिटर अग्लो कंक्रिट ग्राभिटी बाँधको निर्माण कार्यलाई तीव्रता दिइदै । हाल आयोजनाको साइटमा बाँधको फाउन्डेसनमाथि औसत १० मिटर उचाइसम्म कंक्रिट ब्लकहरू उठाइसकिएको छ । बाँध निर्माणको यो चरणलाई “म्यास कन्क्रिटिङ” भनिन्छ, जसमा तापमान नियन्त्रण एकदमै संवेदनशील पक्ष रहने बताइएको छ ।…
पुरा पढ्नुहोस -
१० असार २०८२, मंगलवार १२:१७कबड्डी प्रतियोगिता
गण्डकी प्रदेश कबड्डी संघको आयोजना, प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समिति तनहुँको व्यवस्थापनमा सोमबारदेखि दमौलीमा सञ्चालित अन्तरजिल्ला कबड्डी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै नवलपुर र म्याग्दीका खेलाडीहरु । प्रतियोगितामा प्रदेशभित्रका आठ वटा जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा,…
पुरा पढ्नुहोस -
९ असार २०८२, सोमबार ११:५६असार लाग्यो, रोपाइको चटारो
तनहुँको शुक्लगण्डकी नगरपालिका–२ एक्लेखेतमा रोपाई गर्दै स्थनीय कृषकहरु । मनसुन भित्रिएसंगै पानी पर्न थालेपछि यहाँका कृषकहरुले खेतमा धानको विऊ रोप्न थालेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ असार २०८२, सोमबार ११:३८छत्री खरिदबिक्री
गोरखाको पालुङ्गटारबाट छत्री ल्याएर तनहुँको दमौलीमा बिक्री गर्दै एक युवा व्यापारी । विशेष गरी कृषिकर्म गर्दा घाम र पानीबाट जोगिन टाउँकोमा राखेर काम गरिने चोयाबाट बुनेको छाता आकारको छत्री प्रयोग गर्ने गरिन्छ । प्रति गोटा पाँच सय रुपैयाँ मूल्यमा बिक्री गर्न बजार ल्याएको छत्री पछिल्लो…
पुरा पढ्नुहोस -
९ असार २०८२, सोमबार ११:३७आकर्षक बन्दै ऐना पहरा
तनहुँको आँवुखैरेनी गाउँपालिकास्थित ऐना पहरा । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पूर्वाधारहरु निर्माण गरेसंगै पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षक गन्तव्य बनेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ असार २०८२, आईतवार १२:५१बाँझिएको पाखोबारीमा सुन्तला खेती
तनहुँको ऋषिङ गाउँपालिका–८ को अर्चलेका कृषकहरुले बाँझिएको पाखोबारीमा सुन्तलाका विरुवा रोप्नका लागि खाल्डो खन्दै । बसाईसराईका कारण बाँझिएको पाखोबारीमा अर्चले कृषक समूह गठन गरी बाँझो रहेको बारीमा सामुहिक रुपमा यस बर्ष १ हजार ५०० वटा सुन्तलाको विरूवा रोप्ने तयारी गरिएको छ । कृषक समुहले अर्को…
पुरा पढ्नुहोस