फाेटाे फिचर
-
२० जेष्ठ २०८२, मंगलवार १३:३५ज्येष्ठ नागरिकलाई घरदैलोमै सेवा
तनहुँको बन्दीपुर गाउँपालिका–४ मा बन्दीपुर अस्पतालले सञ्चालन गरेको ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत एक वृद्धाको रक्तचाप जाँच गर्दै अस्पतालकी स्टाफ नर्स प्रिया श्रेष्ठ । यस कार्यक्रम अन्तर्गत २० महिला र ३ पुरुष गरी २३ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणमा…
पुरा पढ्नुहोस -
२० जेष्ठ २०८२, मंगलवार १३:२५सालको पातको टपरी
बन्दीपुर गाउँपालिका–६ धरमपानीका महिलाहरु सालको पातबाट टपरी बनाउँदै । ग्रामीण क्षेत्रमा धार्मिक, साँस्कृतिक तथा अन्य कार्यका लागि टपरीको प्रयोग गर्ने प्रचलन छ । पछिल्लो समय नयाँपुस्तालाई टपरी बुन्ने सीप हस्तान्तरण नहुँदा तथा प्लाष्टिकका भाडाको बढ्दो प्रयोगले टपारी बुन्ने र प्रयोग गर्ने प्रचलन हराउँदै गएको छ…
पुरा पढ्नुहोस -
१८ जेष्ठ २०८२, आईतवार १२:५९जाम्दी खोलाको बेसीमा कल्भर्ट
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ तीनखोले मोटर मार्ग अन्तर्गत जाम्दी बेसीदेखि म्याग्दे गाउँपालिका तर्फ जाने खोलामा निर्माणको अन्तिमचरणमा पु¥याइएको कल्भर्ट । नगरपालिकाले तीनखोले देवीलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि वडाको सक्रियतामा सडकको स्तरोन्नतिलाई तीब्रता दिएको छ । यस मार्गको कुम्ले खोला पुलको काम करिब ९०…
पुरा पढ्नुहोस -
१८ जेष्ठ २०८२, आईतवार १२:५४चैते धान खेती
तनहुँको व्यास नगरपालिका–११ पोल्याङमा चैते धानले हरियाली देखिएको फाँट । यो ठाउँ धान उत्पादनका लागि प्रख्यात मानिन्छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
१६ जेष्ठ २०८२, शुक्रबार १६:१८कृषकलाई मौरीको घार
तनहुँको आँबुखैरेनीलाई ‘मह पालिका‘ बनाउने उद्देश्यका साथ कृषकलाई मौरी घार बितरण गरिदै । गाउँपालिकाले मह तथा महजन्य बस्तुमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यवसायिक मह उत्पादनमा कृषकहरुलाई प्रोत्साहन गरेको छ । तस्विरः भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ जेष्ठ २०८२, बिहीबार ११:४६सीपको उपयोग
तनहुँको आँवुखैरेनी गाउँपालिका–३ ढकालटारकी ५० वर्षीया सानुमाया भुजेल बासको चोयाबाट नाङ्लो बुन्दै । गाउँपाकिलाले सञ्चालनमा ल्याएको औद्योगिक ग्राममा सानुमाया सहित करिब १२ जना स्थानीय महिलाले बासबाट विभिन्न सामाग्रि तयार गर्ने रोजगारी पाएका छन् । औद्योगिक ग्रामबाट अहिले स्थनीयस्तरको माग अनुसार मात्र बाँसजन्य सामाग्रि उत्पादन गरिएको…
पुरा पढ्नुहोस -
१५ जेष्ठ २०८२, बिहीबार ११:३९कृषकलाई झोल मल बनाउने तालिम
तनहुँको बन्दीपुर गाउँपालिकाले कृषि विकास शाखाको आयोजनामा सञ्चालित जैविक विषादी (झोल मल) निर्माण सम्बन्धी दुई दिने तालिममा सहभागि कृषकहरु । तालिममा कृषकहरुलाई विषादीको प्रयोग र जैविक विषदी कसरी बनाउने लगायतका विषयमा विज्ञहरुले जानकारी गराएका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ जेष्ठ २०८२, बुधबार १३:२६सडक स्तरोन्नतिका लागि श्रमदान
तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं. १, २ र ६ जोड्ने गिराउनचौर–गाउँकोट–हिलेखर्क सडक स्तरोन्नतिका लागि श्रमदान गर्दै स्थानीय उपभोक्ताहरु । वर्षायाममा हिलो र खराव अवस्थामा रहने सडक सुधार गरी सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले स्थानीयवासी, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूको सहकार्यमा श्रमदान अभियान थालिएको हो । सडक…
पुरा पढ्नुहोस -
१४ जेष्ठ २०८२, बुधबार १३:१४आयआर्जनका लागि मौरी गोला सहितका घार
तनहुँको ऋषिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि आयआर्जन कार्यक्रम अन्तर्गत मौरी गोला सहितको मौरीघार वितरण गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ । गाउँपालिकाले अपाङ्गता भएका ग र घ वर्गका व्यक्तिहरूका लागि आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले मौरीको गोला सहितको मौरी घार वितरण गरेको हो । तस्विर :…
पुरा पढ्नुहोस