फाेटाे फिचर
-
१६ बैशाख २०८२, मंगलवार ११:४१बन्दीपुरमा पर्यटक
पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी तनहुँको बन्दीपुर बजारमा सोमबार दिउँसो देखिएको वाह्य पर्यटकको चहलपहल । बन्दीपुर भ्रमण वर्ष–२०२५ सञ्चालनसंगै आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ बैशाख २०८२, सोमबार १०:५७तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणस्थल
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि कटान गरिएको भित्तो । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले यहाँ सेती नदीमा १४० मिटर अग्लो बाँध निर्माण कार्यलाई तीब्र पारेको छ । ३ वटा प्याकेजमा काम भइरहेको यस आयोजना आगामि एक वर्षभित्र सम्पन्न…
पुरा पढ्नुहोस -
१४ बैशाख २०८२, आईतवार १२:१३सवारीसाधानको चाप
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौलीस्थि भोर्लेटारचोकमा शनिबार दिउँसो देखिएको सवारीसाधानको चाप । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वीखण्ड)ले दमौली बजार खण्डमा सडक विस्तार कार्यलाई तीब्र पारेसंगै सवारीसाधानको आवगमन अव्यवस्थित बन्ने गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ बैशाख २०८२, शुक्रबार १२:४८आँवुखैरेनीको ऐन पहरा
तनहुँको आँवुखैरेनी गाउँपालिकाको ऐन पहरा । गाउँपालिकाले पर्यटकीय पूर्वाधार निर्माण गरेसंगै पर्यटनको आगमन बढेको छ । गाउँपालिकाले यहाँका ढुंगामा विभिन्न आकृतिहरु तयार गरी पर्यटकलाई लोभ्याउने गरेको छ । यस्तै, राजमार्गमा यात्रागर्ने यात्रुहरुको विश्रामस्थलका रुपमा पनि विकास भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ बैशाख २०८२, शुक्रबार १२:३४बन्दीपुरको ऐतिहासिक सम्पदा
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुरमा रहेको खड्गदेवी मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक। ऐतिहासिक धार्मिक महत्व बोकेको यस मन्दिरको प्रवर्द्धनका लागि गाउँपालिकाले विशेष कार्यक्रमहरु अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ बैशाख २०८२, बिहीबार १२:३६घर आँगनमै स्वास्थ्य सेवा
तनहुँको भिमाद नगरपालिका अन्तर्गत आयुर्वेद शाखाले वडा नं. १ दर्काङमा बुधबार सञ्चालन गरेको जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा कार्यक्रममा उपचार सेवा लिन आएका स्थानीय जेष्ठ नागरिकहरु । शाखाले नगरपालिकाको टोलटोलमा पुगेर आयुर्वेदको उपचार सेवाका साथै औषधि समेत वितरण गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० बैशाख २०८२, बुधबार ०८:२८कृषकलाई मौरी गोला सहितको घार
तनहुँको भिमाद नगरपालिका कृषि विकास शाखाद्वारा वडा नं. १ स्थित ध्रुवतारा कृषक समुहलाई ५० प्रतिशत अनुदानमा मौरी गोला सहितको मौरी घार वितरण गर्दै । नगरपालिकाको कृषि परियोजना कार्यक्रम अन्तर्गत मौरी सहितको घार वितरण गरिएको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० बैशाख २०८२, बुधबार ०८:२६बन्दीपुरको मिनि ग्रेटवाल
तनहुँको बन्दीपुर गाउँपालिका–२ मा निर्माणाधीन मुकुन्देश्वरी पदमार्ग पर्खाल (मिनि ग्रेटवाल) । पहाडकी रानी बन्दीपुर आउने पर्यटकको बसाई लम्ब्याउन तथा आकर्षित गर्नका लागि गाउँपालिकाले मुकुन्देश्वरी पदमार्ग लगायतका पर्यटकीय पूर्वाधार निर्माण कार्य अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ बैशाख २०८२, मंगलवार १२:३१सर्वसाधारणको आँखा परीक्षण
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा सोमबार सर्वसाधारणको आँखा परीक्षण गरिदै । लायन्स क्लब अफ दुलेगौडा खैरेनी सिटी र लियो क्लव अफ दुलेगौडा खैरेनी सिटीले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा प्रत्येक महिनाको ८ गते आँखा शिविर सञ्चालन गर्ने गरेको छ ।…
पुरा पढ्नुहोस