फाेटाे फिचर
-
१९ पुष २०८१, शुक्रबार ११:२७नदीजन्य वस्तुको उत्खनन्
तनहुँको शुक्लागण्डकी नगरपालिकाले नदीजन्य वस्तु उत्खनन् खुल्ला गरेपछि सेती नदी किनारमा ढुंगा, गिट्टी, बालुवा निकाल्दै मजदुरहरु । चिसो मौसमको समेत परवाह नगरी यहाँ मजदुरहरुले नदीजन्य वस्तु उत्खनन् तथा बिक्री गरेर जिविकोपार्जन गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ पुष २०८१, बुधबार १२:२९घिरिङमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण
तनहुँको घिरिङ गाउँपालिकाको वडा नं. ३ बाटै सर्वसाधारणलाई राष्ट्रिय परिचयपत्र वितरण गर्दै गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा । जिल्ला प्रशासन कार्यालयमा अनलाइन फोटो खिचाएका ब्यक्तिहरुको परिचयपत्र मंगलबारबाट गाउँपालिकाले वडाबाटै वितरण कार्य सुरु गरेको छ । यस्तै, जिल्लाका दशवटै पालिकाले पनि राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु…
पुरा पढ्नुहोस -
१६ पुष २०८१, मंगलवार १८:१३दुई वडा जोड्ने झोलुङ्गे पुल
तनहुँको घिरिङ गाउँपालिकाको वडा नं. २ र ३ जोड्ने गरी चिन्नेखोला झोलुङ्गे पुल निर्माण गरिदै । निर्माण पक्षले पुल निर्माणको काम करिब ९० प्रतिशत सकिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ पुष २०८१, मंगलवार १८:११तमु ल्होसारको शुभकामना आदानप्रदान
तनहुँको व्यास नगरपालिका–९ मेवाबारीमा स्थानीय गुरुङ समुदायहरु गिद्द वर्गलाई बिदाइ रसर्प वर्गको स्वागत अर्थात नयाँ वर्षको शुभकामना आदानप्रदान गरी ल्होसार पर्व मनाउँदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ पुष २०८१, सोमबार १३:१७डुम्रेस्थित नाहाला खोलामा पुल निर्माण
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रेको पिप्पस्थित नाहाला खालामा पुल निर्माण गरिदै । राजमार्गलाई चारलेनमा विस्तार गर्ने कार्य अन्तर्गत यहाँ एउटा दुई लेनको पुल निर्माण भइसकेको र आर्को दुई लेनको पुल निर्माण कार्यलाई तीब्ररुपमा अगाडि बढाइएको छ । राजमार्गको पूर्वी खण्ड (आँवुखैरेनी–जाुमने)मा १३ वटा साना पुल बनिसकेका…
पुरा पढ्नुहोस -
१५ पुष २०८१, सोमबार १३:११महोत्सवमा नृत्य
तनहुँको भानु नगरपालिका–१ भन्सारमा जारी प्रथम भानु नगर महोत्सव–२०८१ मा आइतबार नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गर्दै एक युवती । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ पुष २०८१, आईतवार १२:५०कति बाँकी रहयो ?
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारस्थित पृथ्वीराजमार्गमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी केरा बिक्री गर्न बसेकी एक महिला । राजमार्गका यात्रुलाई लक्षित गरी डुम्रेबजार क्षेत्रमा फलफूल, तयारी खाजा तथा पानीको व्यापार गरी जिविकोपार्जन गर्नेको संख्य पनि ठूलै रहेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ पुष २०८१, बिहीबार ११:४९दुई जिल्ला जोड्ने निर्माणाधिन पक्कि पुल
तनहुँ र पाल्पा जिल्लालाई जोड्ने गरी कालीगण्डकी माथी निर्माण गरिदै गरिएको पक्कि पुल । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर–१ स्याउली बजार जोड्ने गरी निर्माण गरिएको पुल अन्तिम चरणमा पुगेको छ । आउँदा फागुन मसान्तसम्म सक्ने गरी पुलको रेलिङ, फुटपाथ, एक्सपेन्सन जोइन्ट, ग्याविन, एप्प्रोज…
पुरा पढ्नुहोस -
११ पुष २०८१, बिहीबार ११:३७महोत्सवमा भानुभक्त आचार्यको प्रचारप्रसार
तनहुँको भानु नगरपालिका–१ भन्सारमा सञ्चालित प्रथम भानु नगर महोत्सव–२०८१ मा आदिकवि भानुभक्त आचार्य र जन्मस्थल चुँदीरम्घाको प्रचारप्रसारका लागि राखिएको भानुका शालिक र भानुभक्तकालिन सामाग्रिहरु । भानु जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने महोत्सव आयोजकले विश्वास गरेको छ ।…
पुरा पढ्नुहोस