फाेटाे फिचर
-
२१ कार्तिक २०८१, बुधबार १३:१२दमौली अस्पतालमा विरामीको चाप
तनहुँको दमौली अस्पतालमा मंगलबार स्वास्थ्य उपचार सेवा लिन आएका विरामीहरु । अस्पतालबाट दैनिक दुई सय बढिले स्वास्थ्य सेवा लिंदै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ कार्तिक २०८१, बुधबार १३:०८मकैको भण्डारण
संखुवासभाको चैनपुर नगरपालिका–२, हात्ती ढुङ्गेस्थित ताङ्लेवाका स्थानीयले बार्दलीमा झुण्डाएर राखेको मकै । घुन, पुतली, कीराबाट सुरक्षित राख्न मकै बार्दलीमा झुण्ड्याइएको हो । तस्बिर : रासस
पुरा पढ्नुहोस -
२० कार्तिक २०८१, मंगलवार १३:४३पक्कि पुल निर्माण
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दिखोलाको निर्माणाधिन पक्कि पुल । चार लेनका सडक विस्तारका लागि बुल्दिखोलामा पुल निर्माण कार्य अन्तिमचरणमा पुर्याइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ कार्तिक २०८१, शुक्रबार १३:०९तिहारलाई सयपत्री फूल
तनहुँको दमौलीमा विहीबार तिहारका लागि सयपत्री फूल खरिदबिक्री गरिदै । अघिल्ला वर्षहरुमा जस्ता यस वर्ष दमौलीमा सयपत्री फूल बिक्रीवतरणका लागि ल्याइएको छैन । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ कार्तिक २०८१, शुक्रबार १२:५८तिहारमा देउसी भैलो
तनहुँको दमौलीमा विहीबार तिहार पर्वको अवसरमा देउसी भैलो खेल्दै वैरेनी मगर समाजका सदस्यहरु । देउसी भैलोबाट संकलित रकमबाट उनिहरुले समाजको भवन निर्माण गर्ने भएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ कार्तिक २०८१, बिहीबार १२:०३जामुने–पोखरा सडक खण्डमा कालोपत्र सुरु
पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा)को दुलेगौंडास्थित गाछेपानीमा सडक कालोपत्र गरिदै । पश्चिम खण्डमा हालसम्म ३१ प्रतिशतमात्र भौतिक प्रगति देखाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ कार्तिक २०८१, बुधबार १३:१३तीहारलाई सयपत्री फूल (फोटोफिचर)
तनहुँको आँवुखैरेनी गाउँपालिका–१ याञ्चोकटारका कृषकहरु सयपत्री फूल टिप्दै । तीहार पर्वमा अत्याधिक प्रयोग गरिने सयपत्री फूलको माला तयार गरी बिक्रीवितरण गर्न कृषकहरु व्यस्थ भएका छन् । गाउँपालिकाले पहिलो चरणमा २०० वटा फूलको माला कतार पठाउने तयारी गरेको छ भने फूलको मालाको न्यूनतम् मूल्य १५० रुपैयाँ…
पुरा पढ्नुहोस -
१४ कार्तिक २०८१, बुधबार १२:५४थानीमाईमा पूजाअर्चना
तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा मंगलबार बत्तिबालेर पूजाअर्चना गर्दै भक्तजनहरु। कात्तिक महिनाको दोश्रो मंगलबार ३४ वटा फूलका डोली चढाउन ल्याइएको थियो भने करिब तीन हजार जना भक्तजन मन्दिरमा आएका थिए । सोमबार राती जाग्राम बसेर २०७ जनाले बत्ती बालेको मंदिर व्यवस्थापन समितिले जनाएको छ…
पुरा पढ्नुहोस -
१३ कार्तिक २०८१, मंगलवार ११:५८धान पाकेर पहेलै ….
तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवास्थित खेतमा पाकेको धान र पृथ्वीराजमार्ग चारलेनमा विस्तारका लागि भित्तो कटानपछि देखिएको दृष्य । कृषकहरु पाकेको धान खेती थनकाउन व्यस्त छन भने राजमार्गको घाँसीकुवा खण्डको स्तरोन्नतीलाई निर्माण पक्षले तीब्रता दिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस