फाेटाे फिचर
-
१५ असार २०८१, शुक्रबार ११:०१निःशुल्क खाना खुवाउने व्यवस्थापनमा सघाउँदै आमा समूह
तनहुँको व्यास नगरपालिका-३ जिल्ला प्रशासन कार्यालय नजिक सञ्चालित निःशुल्क खाना खुवाउने अभियानअन्तर्गत बिहीबार व्यवस्थापनमा सघाउँदै देउराली नगर आमा समूहका सदस्य । युवा अभियान्ता सुदीप गफ्फारको अभियानअन्तर्गत एक महिनाको अवधिमा प्रशासनमा सेवा लिन आउने करिब ६ हजार बढीलाई खाना खुवाइएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ असार २०८१, बिहीबार १४:३४राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्रका लागि तस्विर सहितको विवरण संकलन गरिदै । आगामि आर्थिक वर्षको साउन महिनादेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि लाभग्राहीहरु विवरण दर्ता गराउनका लागि प्रशासन कार्यालयमा आउने गरेका छन् । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ असार २०८१, बिहीबार १४:२७शुक्लागण्डकीमा कफीको नर्सरी
तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ लिलाचोकमा स्थापना गरिएको कफीको नर्सरी । स्थानीय कृष्मी सहकारी संस्थाले १५ हजार बिरुवा उत्पादन गरी कफीको नर्सरी स्थापना गरेको हो । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ असार २०८१, बुधबार १३:०४कृषिमा प्रविधिको प्रयोग
तनहुँको शुक्लागण्डकी नगरपालिका-६ स्थित गुमतिमा चैते धान खेती थन्काएपछि असारे धान खेतीका लागि मिनी टेलरको प्रयोग गरी खेत जोत्दै कृषक । यतिबेला तनहुँका कृषकहरुलाई चैते धान थन्काएर असार धानको विऊ रोप्नका लागि चटारो परेको छ । मन्सुन पूर्ण रुपमा सक्रिय नभएपनि सिंचाई सुविधा भएका खेत…
पुरा पढ्नुहोस -
१३ असार २०८१, बुधबार १३:०२शैक्षिक सामाग्री निर्माण कार्यशाला
तनहुँको शुक्लागण्डकी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तालवेसी माध्यमिक विद्यालयमा सञ्चालन गरेको शैक्षिक सामाग्री निर्माण कार्यशालामा सहभागि भएका बालविकास सहजकर्ताहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ असार २०८१, सोमबार १३:१२सडक विस्तारका लागि भित्तो कटान :
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडक विस्तार योजनाको पूर्वीखण्ड तनहुँको व्यास नगरपालिका-१२ छिर्कनमा भिर काटेर सडक फराकिलो बनाइँदै । योजनाले आँवुखैरेनी-जामुने खण्डको कामलाई तीब्रता दिइरहेको छ । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ असार २०८१, सोमबार १२:३३ढाका कपडा बुन्दै महिला
तनहुँको आँबुखैरेनी गाउँपालिका-३ निवासी रितु थापा मगर ढाकाको कपडा बुन्नका लागि काम गर्दै । चार वर्षदेखि यो व्यवसाय सुरु गरेकी उनले मनग्य आम्दानी गर्दै आएकी छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
११ असार २०८१, सोमबार १२:३१भानु उद्यानमा निर्माणाधीन संरचना
तनहुँको भानु नगरपालिका-४ पुरनडिहीमा निर्माणाधीन भानु स्मृति उद्यानमा निर्माणाधिन पूर्वाधार । यहाँ पहिलो चरणमा स्वागतद्वार, टिकट काउण्टर, पालेघर र शौचालय निर्माण गरिदैछ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० असार २०८१, आईतवार १२:१७सडकमै खुर्सानी खेती
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा सडकको बीच भागको प्यासेजमा गरिएको खुर्सानी खेती । अन्य स्थानमा फूल तथा विभिन्न प्रकारका बिरुवा रोपिएको भएपनि यहाँ खुर्सानी खेती गरिएको छ । तस्बिर : भूमिका आले मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस