दमौलीको खेलमैदान मासेर मञ्च बनाउँदै नगरपालिका

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाले वडा नं. ३ स्थित खेलमैदानलाई मासेर मञ्च निर्माण कार्य अगाडि बढाएको छ । विगतमा धेरै फुटबल प्रतियोगिता हुने दमौली अस्पताल अगाडि रहेको खेलमैदानमा मञ्च निर्माण कार्य अगाडि बढाएसंगै विभिन्न कोणबाट टिकाटिप्पणी हुन थालेका छन् ।

नगरपालिकाले खेलमैदानलाई पार्क बनाउने भनेपछि यस ठाउँमा खेल हुन छाडेको छ । यसको विकल्पमा नगरपालिकाले बिपी वनबाटिकालाई खेलमैदान बनाउने गरी बजेटसमेत विनियोजन गरेर काम अगाडि बढाएको पनि छ । उक्त मैदानलाई रङ्गशाला बनाउने भन्दै विनियोजित बजेटले मैदान सम्याउने र पर्खाल बनाउने काम भएको छ । १०८ फिटको ब्यासमूर्ति बन्ने भएपछि बिपी वनबाटिकाको खेलमैदान पनि के हुने भन्ने अन्योल कायमै छ । यद्यपि नगरपालिकाले बिपी वनबाटिकामा रहेको कभर्डहल पनि अन्यत्रै सारेर त्यहाँ खेलमैदान नै बनाउने बताउँदै आएको छ ।

व्यास मूर्तिलगायतका संरचना बन्ने भएपछि यहाँ दैनिक सयौंकौ संख्यामा सर्वसाधारण आउने निश्चित छ । त्यसका लागि बिपी वनबाटिकाको खेलमैदानलाई पार्किङस्थल बनाउनुपर्ने आवाज उठिरहेको छ । खुल्लामैदानमा खेल हुन छाडेपनि उक्त ठाउँ खेलाडीले प्रशिक्षण गर्ने थलोको रूपमा विकास भइरहेको छ । तर अब खेलाडीलाई त्यो अवसर पनि प्राप्त नहुने भएको छ । खुल्ला मैदानमा ब्यास नगरपालिकाले मञ्च बनाउने तयारी गरेको छ । त्यसका लागि मंगलबारबाट काम शुरु भइसकेको छ । मञ्च निर्माणका लागि खाल्डो खन्ने काम अगाडि बढाएको छ ।

खेलमैदान मासेर मञ्च बनाउन लागेपछि विरोधकास्वर सुनिन थालेको छ । खेलाडी एवं रेफ्री इन्द्र गुरुङले खेलमैदानमा मञ्च निर्माण शुरु गरिएपछि विरोध जनाएका छन् । उनले भने, ‘व्यवस्थित खेलमैदानको अभावमा जसोतसो खेल सिक्दै आएका खेलाडीको एकमात्र खेल्ने मैदान पनि अब स्वाहा हुने भयो ।’

खेलमैदान मासेर कङ्क्रिट संरचना निर्माण गर्ने तयारीपछि नगरवासीले विरोध जनाएका छन् । वृद्धवृद्धालाई मर्निङवाक गर्ने थलोको रूपमा रहेको यस ठाउँलाई अहिलेकै अवस्थामा राख्नुपर्ने नगरवासीको माग छ । भूकम्पको बेला खुला मैदानले दमौलीवासीलाई पुर्‍याएको सुविधा भुल्न हुने उनीहरूको भनाइ छ । नगरपालिकाले भने उक्त ठाउँमा पार्क निर्माण गर्ने तयारी गरेको बताएको छ। प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले खेलमैदानमा स्मार्ट पार्क बनाउन लागिएको बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker