तनहुँका ५४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट

कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय, विज्ञान प्रयोगशाला, सिकाइ तथा विभिन्न प्राविधिक विषयका काम हुने

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँका ५४ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका नौ स्थानीय तहका विद्यालय छनोट गरेको हो । सो कार्यक्रमका लागि सात करोड ३१ लाख बजेटसमेत विनियोजन गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनोट गरी मापदण्डहरू समेत र्सार्वजनिक गरेको छ । उक्त कार्यक्रमका लागि छनोट भएका विद्यालय र कार्यक्रम सबै स्थानीय तह र विद्यालयले कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरिएको छ । सो कार्यक्रममा छनोट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ । छनोट भएका विद्यालयमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाइ तथा विभिन्न प्राविधिक विषय समेटिएका छन् ।

जिल्लाको भानु नगरपालिकाका सात विद्यालयका लागि ९१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । भानु नगरपालिकास्थित मनोहर माविमा कक्षाकोठा निर्माणका लागि १८ लाख, भानु संस्कृत माविमा कक्षाकोठा निर्माणका लागि १८ लाख, त्रिभुवन माविमा कक्षाकोठा निर्माणका लागि १८ लाख, सरस्वती मन्दिर माविमा कक्षाकोठा निर्माणका लागि १८ लाख, जनजागृति माविमा सिकाइ सामग्री उपलब्धिका लागि ६ लाख ५० हजार, जनसहयोगी माविमा शिक्षामा नवीन प्रविधि प्रवर्द्धन रु ६ लाख ५० हजार र दोरदोर प्राथमिक विद्यालयमा शिक्षामा नवीन प्रविधि प्रवर्द्धन रु ६ लाख ५० हजार विनियोजन भएको छ ।

भिमाद नगरपालिकाका सात विद्यालयका लागि ४६ लाख बजेट विनियोजन भएको छ । भिमाद नगरपालिकास्थित धर्म माविमा शिक्षामा नवीन प्रविधि प्रवर्द्धनका लागि ६ लाख ५० हजार, मंगलोदय माविमा ६ लाख ५० हजार, सिद्धार्थ माविमा पुस्तकालय तथा विज्ञान प्रयोगशालाका लागि ६ लाख ५० हजार, बाल शैक्षिक माविमा ६ लाख ५० हजार, जनता आधारभूत विद्यालयमा खानेपानी सहितको शौचालयका लागि सात लाख, जनज्योति माविमा शिक्षामा ६ लाख ५० हजार र नर आधारभूत विद्यालयमा सिकाइ सामग्री उपलब्धी अभिवृद्धिका लागि रु ६ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

व्यास नगरपालिकाका ११ विद्यालयका लागि तीन करोड २४ लाख बजेट विनियोजन भएको छ । व्यास नगरपालिकास्थित जनजागृति गंगा माविमा शिक्षामा नवीन प्रविधि प्रवर्द्धनका लागि ६ लाख ५० हजार, सत्यवती माविमा ६ लाख ५० हजार, शिव पञ्चायन माविमा ६ लाख ५० हजार, सिद्धवेनी आधारभूत विद्यालयमा सिकाइ सामग्री उपलब्धिका लागि रु ६ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

त्यसैगरी, शिव माविमा ६ लाख ५० हजार, केशवटार माविमा ६ लाख ५० हजार, मत्स्यकन्या आधारभूत विद्यालयमा कक्षाकोठा निर्माणका लागि १८ लाख, अमरज्योति माविमा कक्षाकोठा निर्माणका लागि १८ लाख, क्यामिन माविमा ६ लाख ५० हजार, सिद्धेश्वरी माविमा ६ लाख ५० हजार र चण्डिदेवी माविमा रु ६ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

शुक्लागण्डकी नगरपालिकाका ६ विद्यालयका लागि ६२ लाख बजेट विनियोजन भएको छ । शुक्लागण्डकी नगरपालिकास्थित आधारभूत माविमा सिकाइ सामग्री अभिवृद्धिका लागि ६ लाख ५० हजार, गाउँफर्कोदय माविमा कक्षाकोठा निर्माणका लागि १८ लाख, हंशवाहिनी माविमा शिक्षामा नवीन प्रविधि प्रबर्द्धनका लागि ६ लाख ५० हजार, दिवस माविमा कम्प्युटर ल्याब स्थापनाका लागि ६ लाख ५० हजार, जनप्रेमी माविमा सिकाइ सामग्री उपलब्धिका लागि ६ लाख ५० हजार, खैरेनी माविमा कक्षाकोठा निर्माणका लागि १८ लाख, सरस्वती नमूना माविमा कक्षाकोठा निर्माणका लागि १८ लाख र तालबेँशी माविमा पुस्तकालय तथा विज्ञान प्रयोगशालाका लागि रु ६ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

आँबुखैरेनी गाउँपालिकास्थित सात विद्यालयका लागि ६८ लाख ५० हजार बजेट विनियोजन भएको छ । जसअनुसार मित्रता माविमा सिकाइ सामग्री उपलब्धिका लागि ६ लाख ५० हजार, लक्ष्मी माविमा पुस्तकालय तथा विज्ञान प्रयोगशालाका लागि ६ लाख ५० हजार, लक्ष्मी माविमा कम्प्युटर ल्याब स्थापनाका लागि ६ लाख ५० हजार, मर्स्याङ्दी सामुदायिक आधारभूत विद्यालयमा पुस्तकालय तथा विज्ञान प्रयोगशालाका लागि ६ लाख ५० हजार, चन्द्रोदय मावि कक्षाकोठा निर्माणका लागि १८ लाख, चण्डेश्वरी आधारभूत विद्यालय कक्षाकोठा निर्माणका लागि १८ लाख र चण्डेश्वरी आधारभूत विद्यालयमा पुस्तकालय तथा विज्ञान प्रयोगशालाका लागि रु ६ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

घिरिङ गाउँपालिकाका चार विद्यालयका लागि ३७ लाख ५० हजार बजेट विनियोजन भएको छ । जसअनुसार कृष्ण माविमा शिक्षामा नवीन प्रविधि प्रदर्शनीका लागि ६ लाख ५० हजार, चन्द्रज्योति माविमा पुस्तकालय तथा विज्ञान प्रयोगशालाका लागि ६ लाख ५० हजार, महेन्द्रज्योति माविमा सिकाइ सामग्री उपलब्धिका लागि ६ लाख ५० हजार र कामधेनु माविमा कक्षाकोठा निर्माणका लागि रु १८ लाख बजेट विनियोजन भएको छ ।

देवघाट गाउँपालिकाका चार विद्यालयका लागि ३७ लाख ५० हजार बजेट विनियोजन भएको छ । जसअनुसार सिद्धमहाकाली माविमा कक्षाकोठा निर्माणका लागि १८ लाख, भृकुटी माविमा पुस्तकालय तथा विज्ञान प्रयोगशालाका लागि ६ लाख ५० हजार, बज्रयोगिनी माविमा सिकाइ सामग्री उपलब्धिका लागि ६ लाख ५० हजार र गलेश्वर आश्रममा सिकाइ सामग्री उपलब्धिका लागि रु ६ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

म्याग्दे गाउँपालिकाकाका दुइ विद्यालयका लागि २४ लाख ५० हजार बजेट विनियोजन भएको छ। जसअनुसार मीन माविमा कक्षाकोठा निर्माणका लागि १८ लाख र राधा माविमा शिक्षामा नवीन प्रविधि प्रदर्शनका लागि रु ६ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

बन्दिपुर गाउँपालिकाका ६ विद्यालयका लागि ४० लाख बजेट विनियोजन भएको छ । सो अनुसार अरुण माविमा कम्प्युटर ल्याब स्थापनाका लागि ६ लाख ५० हजार, कालिका माविमा पुस्तकालय तथा विज्ञान प्रयोगशालाका लागि ६ लाख ५० हजार, कालिका माविमा खानेपानी सहितको शौचालयका लागि रु सात लाख, भानु माविमा सिकाइ सामग्री उपलब्धिका लागि ६ लाख ५० हजार, पवित्रा माविमा खानेपानी सहितको शौचालयका लागि सात लाख र पवित्रा माविमा कम्प्युटर ल्याब स्थापनाका लागि रु ६ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker