पूर्वराजा ज्ञानेन्द्र देवघाटमा

तनहुँको देवघाट वेणी संगममा बुधबार स्थान तथा पूजाआरधना गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह । पूर्वराजा शाहले कालिगण्डकी र त्रिशुलीको संगम वेणीमा स्नानको लागि आएका थिए ।

चितवनको पटिहानीबाट गाडीमा आपँटारी हुँदै देवघाट आएका पूर्वराजा शाहको परिवार डुंगामा त्रिशुली नदी पार गरेर तनहुँ तर्फको वेणी संगममा आइ स्नान गरेका थिए । पूर्व राजपरिवारलाई वेणीसंगममा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको नेतृत्वमा करिब २ सयको संख्यामा रहेका राप्रपाका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

तस्विर : भञ्ज्याङ










