संस्कृति संरक्षणमा जुटे शुक्लागण्डकीका आदिवासी जनजाति

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकाका आदिवासी जनजाति समुदाय संस्कृति संरक्षण्मा जुटेका छन् । आदिवासी जनजाति समुदाय भाषा, कला र संस्कृतिमा धनी छ । हरेक आदिवासी जनजातिको आ-आफ्नै भाषा र संस्कृति रहेका छन् ।

पुर्खाहरुले प्रस्तुत गर्ने गरेका धेरै जातिका कला र संस्कृतिहरु पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेका छन् । लापोन्मुख अवस्थामा पुगेका कला र संस्कृतिहरु संरक्षण तथा प्रवर्द्धनका लागि दुलेगौंडामा विभिन्न साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीले नगरभित्र बसोबास गर्ने मगर, गुरुङ, नेवार, कुमाल, भुजेल, पुन, तामाङ, थकाली समुदायमा प्रचलित विभिन्न साँस्कृति प्रस्तुतिहरु प्रदर्शन गरिएको थियो। मगरको कौराहा, गुरुङको रहमान नाच, पुन मगरको मारुनी, नेवारको तयामचा नाच, कुमाल र भुजेलको झयाउरे, तामाङको सेलो नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा दर्शकहरु भरिभराउ थिए । हराउँदै गएको संस्कृतिको जर्गेना र पुस्ताहस्तान्तरण गर्ने उद्देश्यले आदिवासी जनजातिको साँस्कृतिक कार्यक्रम गरिएको अध्यक्ष तुलसी कुमारी श्रेष्ठले बताइन् ।

कार्यक्रमको शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले आदिवासी जनजातिहरुको संस्कृति देशकै सम्पत्ति भएको बताए । उनले साँस्कृतिक सम्पत्ति संरक्षणका लागि सरकारको नै ध्यान जानुपर्ने बताउँदै नगरपालिकाले बर्षेनी बजेटको व्यवस्था गरिरहेको उनको भनाई थियो ।

कार्यक्रममा नगर उपप्रमुख खुमबहादुर वि.क. राजु, वडा नं. ७ वडाध्यक्ष खड्ग सिं थापा मगर, परिषद्का सल्लाहकार संयोजक खिमबहादुर कुमाल, प्रदेश सचिव विमल जि.सी, तमु हृयुला छोँज धीँ शुक्लागण्डकी अध्यक्ष मनराज गुरुङ, परिषदका उपाध्यक्ष कुलकुमार कुमाल, सचिव सुमन आले लगायतले भाषा संस्कृतिको महत्वका विषयमा चर्चा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker