तनहुँमा संयौंको संख्यामा क्रियाशील सदस्यता नवीकरण नगरिएको गोविन्दराज जोशीको गुनासो

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँमा संयौंको संख्यामा क्रियाशील सदस्यता नवीकरण नगरिएको गुनासो गरेका छन् । उनले ठूलो संख्यामा नेता कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नगरेर महधिवेशनबाट विमुख गराएको आरोप लगाए।

बिहीबार एक विज्ञप्ति जारी गर्दै जोशीले तनहुँ काङ्ग्रेसका कार्यकर्ताले केन्द्रमा न्यायका लागि पटक-पटक अनुनय गर्दा पनि सुनुवाइ नभएको बताए।

‘केही व्यक्तिको स्वार्थका कारण म लगाएत पूर्व सांसद उर्मिला थापा, महासमिति सदस्य शहीद पत्‍नी बालकुमारी लोहनी, काङ्ग्रेस नेताहरू गोपालप्रसाद भण्डारी, नुरचन्द्र वाग्ले, ऋषिराम पोखरेल, राम वहादुर घिमिरे, केसरबहादुर गुरुङ, हरिशरण पण्डित, ज्ञानराज थापा, रामदेव पन्थ, नरेन्द्र थापा, सोलबहादुर मगर, शिक्षक संघ तनहूँका पूर्व अध्यक्ष गणेशबहादुर खत्री, रामवहादुर ढुङ्गाना, बिमल राज जोशी, रुद्र नाथ पौडेल, विस्नु प्रसाद पोखरेल, जीतु गुरुङ, नवराज श्रेष्ठसहित हजारौ हजार साथीहरु क्रियाशील सदस्य नवीकरण नगर्नु र नगराउनुका कारण १४औं महधिवेशनबाट विमुख हुनुपरेको छ,’ नेता जोशीले भने ।

तनहुँका दुई हजार दुई सयभन्दा बढी कांग्रेसका कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर साधारण सदस्यबाट सामूहिक राजीनामा दिँदा पनि केन्द्रीय नेतृत्व संवेदनहीन भएको आरोप लगाए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker