विभिन्न रोगबाट हुने कब्जियतबाट कसरी छुटकारा पाउने ?

खाना खाइसकेपछि मलत्याग पनि सही रुपमा हुनुपर्छ । नियमित दिसा–पिसाब हुनु पनि स्वास्थ्य जीवनको सूचक हो । तर, कतिपयलाई मलत्यागमा समस्या हुने गर्छ । नियमित रुपमा खाना खाइरहेको भएता पनि दिसामा कठिानाई हुन्छ। उनीलाई लामो समयसम्म शौचालय बस्नुपर्ने हुन्छ । यद्यपि पेट सफा हुँदैन ।

जब राम्ररी दिसा हुँदैन, तब यसले अनेक रोग पैदा गर्ने भय रहन्छ । खासगरी पेट एवं पाचन सम्बन्धी रोग, मलद्वार सम्बन्धी रोग निम्त्याउँछ । मलत्याग नहुँदा शरीरमा क्रमस विकार जम्मा हुँदै जान्छ र त्यसले शरीरका अन्य अंगहरुमा पनि असर गर्छ ।

त्यसैले शरीरका लागि पोषणयुक्त खानेकुरा खान जति जरुरी छ, उत्तिनै मलत्याग पनि । तर, अहिले धेरैजना कब्जियतको समस्याले ग्रस्त छन् । किन यस्तो हुन्छ ?

चिकित्सकहरुका अनुसार निस्क्रिय जीवनशैली, तारेको–भुटेको वा प्रशोधित खानेकुराको सेवन, अनियमित शौच–क्रिया आदि यसका कारण हुन् ।

स्पष्ट छ, कब्जियतबाट बच्न सही खानपान जरुरी हुन्छ । यसैगरी ऐशआरमको जीवन होइन, सक्रिय जीवन जरुरी हुन्छ। पर्याप्त झोल पदार्थ एवं पानी जरुरी हुन्छ । सधै एकै समय अर्थात नियमित रुपमा शौच क्रिया गर्ने बानी बसाल्नुपर्छ ।

किन हुन्छ कब्जियत ?

– खाने तालिका नियमित नहुनु ।
– बासी खानेकुरा सेवन ।
– शारीरिक रुपमा निश्क्रिय हुनु वा लामो समयसम्म विश्राम लिने बानी ।
– मानसिक तनाव
– अति चिल्लोचाप्लो एवं अपाच्य भोजन ।
– पेटको कमजोरी
– पानी कम पिउनु ।

प्रशोधित खानेकुरा त्याग्ने

हामी घरको ताजा र सुपाच्य खानेकुरा भन्दा बजारमा पाइने खानेकुरामा लोभिएका छौं । फास्टफुड वा प्याकेटबन्द खानेकुरा खान्छौं । मैदाजन्य, तारेको–भुटेको, मसलेदार खानेकुरा खान्छौं । यस्तो खानेकुराले पाचन यन्त्रमा समस्या ल्याउँछ । यस किसिमको खानपानलाई त्याग्नु पनि कब्जियतको जोखिमबाट बच्नु हो ।

फाइबरयुक्त खानेकुरा

पेटको सफाइका लागि फाइबरयुक्त खानेकुरा अत्यावश्यक हुन्छ । फाइबरले पेटमा जमेको फोहोरलाई ठूलो आन्द्रा हुँदै बाहिर निकाल्छ । हरियो सागपात, फलफूल, तरकारी आदिमा पर्याप्त फाइबर पाइन्छ ।

पयाप्त पानी

पाचन प्रणालीको लागि पानी आवश्यक छ । पर्याप्त मात्रामा पानीको सेवनले पेटमा जम्मा भएको खानालाई शक्तिमा परिणत सघाउ पु¥याउँछ । साथै यसले आन्द्रालाई नरम तथा लचिलो बनाउँछ ।

शरीरमा पानीको कमी भएमा कब्जियतको समस्या निम्तिने गर्छ । सामान्यतया हाम्रो खाना पेट हुदै ठूलो आन्द्रामा पुग्ने गर्छ ।

तर शरीरमा पर्याप्त मात्रामा पानी नभएको अवस्थामा ठूलो आन्द्राले पटमा जमेको खानामा भएको सम्पुर्ण पानी सोस्ने गर्छ, जसका कारण दिसा कडा हुने गर्छ ।

सक्रिय जीवन एवं व्यायाम

शारीरिक निस्क्रियताले कब्जियतको समस्या पैदा गर्छ । खानमा मीठो मसिनो खोज्ने तर शारीरिक काम वा व्यायाम नगर्ने बानीले कब्जियत जस्तो समस्या निम्त्याउँछ । त्यसैले कब्जियतबाट बच्न शारीरिक रुपमा सक्रिय हुन जरुरी छ। कतिपय व्यायाम एवं योग आसन यस्ता हुन्छ, जसले पाचन क्रियामा राम्रो प्रभाव पार्छ ।

दुध होइन, दही खाने

पनिर, दूध र अन्य डेरी उत्पादनमा लेक्टोस हुन्छ जसले पेटमा ग्यास भरिने र पेट बटार्ने समस्या निम्त्याउँछ । त्यसैले यसबाट बच्नुपर्छ । दुधको सट्टामा दहीको सेवन गर्न सकिन्छ । यसमा प्रोटिन पनि हुन्छ र यसले कुनै हानी गर्दैन ।

म्याग्नेसियम फुड

आफ्नो डाइटमा म्याग्नेसियमयुक्त खानेकुरा समावेश गर्ने । यो कब्जियतका लागि एकदम प्रभावकारी हुन्छ । यसले आन्द्रादेखि मलद्वारसम्मलाई राम्ररी सफा गर्छ ।

जंक फुडबाट टाढा

हामीमध्ये धेरैलाई फ्राइड फुड अति मन पर्छ । तर, यसले कब्जियतको समस्या पैदा गर्छ । आफूलाई कब्जियतभन्दा पर राख्न चाहने व्यक्तिहरुले जंक फुडबाट जोगिनुपर्छ । किनकी यिनीहरुमा फ्याट र सुगरको मात्रा अत्यधिक धेरै हुन्छ ।

ब्यायाम र योग

माथिका सबै उपायहरुका बाबजुद कब्जियत निवारणमा सबैभन्दा महत्वपूर्ण छ व्यायाम । स्वस्थ शरीरका लागि एक्सरसाइज अति आवश्यक हुन्छ । योग वा प्राणायामले पनि ठिक गर्न सक्छ ।

आर्युबेदिक उपचार विधी

  • त्रिफला चुर्ण दुई चम्चा हल्का तातो पानीमा घोले नियमित रुपले राती सुत्नुअघि सेवन गर्नुपर्छ ।
  • मनतातो दुध वा पानीमा हर्रा–बर्रा र अमलाको समान मात्रामा तयार गरिएको चूर्ण राती सुत्नुअघि सेवन गर्नुपर्छ ।
  • कब्जियतको उपचारमा किसमिस एकदमै उपयोगी मानिन्छ । आठ वटा जति किसमिस तातो दुधमा उमालेर नियमित सेवन गर्नुपर्छ ।
  • पेटको रोगमा एकदमै उपयोगी हुन्छ, मेवा ।
  • स्याउ र अंगुरको सेवनबाट पनि कब्जियतको समस्याबाट मुक्त हुन सकिन्छ ।
  • अमलाको चूर्णले कब्जियतको समस्याबाट मुक्ती दिन्छ ।
  • गोलभेडा सेवन गर्दा कब्जियत ठीक हुन्छ ।
  • तामाको भाँडामा राखिएको पानीमा थोरै नुन हाल्ने र विहान खाली पेटमा पिउने गर्नुपर्छ । एजेन्शी
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker