मन्त्री थापाले उद्घाटन गरे सामाजिक विकास कार्यालय तनहुँको भवन

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

मन्त्रीले आफ्नो सम्बोधनमा स्थानीयस्तरमा सहज, प्रभावकारी र पारदर्शी सामाजिक सेवाको विस्तारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कार्यालयले शिक्षा, सामाजिक सुरक्षा, महिला सशक्तिकरण, खेलकुद र युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जनामा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

उनले कार्यालयमा सेवा प्रवाह चुस्तदुरुस्त बनाई जनतासँग प्रत्यक्ष रुपमा जोडिन निर्देशन समेत दिएका छन् । उनले भने “कार्यालय भवन निर्माण गरेर मात्रै हुँदैन । नागरिकको सेवालाई सहज बनाउन आवश्यक छ । सेवा प्रवाहमा कमी नहोस् ।” प्रदेश सरकार स्थानीय तहहरुसँग समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता उनको छ ।


गण्डकी प्रदेशका सांसद जीत प्रकाश आलले सामाजिक विकास कार्यालयले सामाजिक बनोटमा समेत ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । सामाजिक संरचना राम्रो भए समाज राम्रो हुने बताउँदै पछाडी परेका वर्गहरुका लागि समेत सेवा प्रवाह सरल हुनुपर्नेमा उनले जोड दिए । सांसद अशोक कुमार श्रेष्ठले नयाँ सोचका साथ विकास निर्माणका सेवा प्रवाहमा लाग्न अनुरोध गरे ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ती रमण वाग्लेले मानवीय र सामाजिक क्षेत्रको विकास नै आजको आवश्यकता रहेको बताए । सामाजिक विकास कार्यालय तनहुँको नवनिर्मित भवनबाट शिक्षा,संस्कृति र खेलकुदको क्षेत्रमा सेवा प्रवाह गर्न ठूलो सहयोग पुग्ने विश्वास उनको छ ।

व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक र शिक्षा क्षेत्रलाई सुधार गर्न उक्त कार्यालय प्रभावकारी बन्ने उल्लेख गरे । स्थानीय तहसङ्ग मिलेर योजना अगाडि बढाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । भौतिक संरचना सङ्गै सेवामा स्थानीय तह पनि मिलेर काम गर्न इच्छुुक रहेको भनाई उनको छ ।


तनहुँका प्रमुुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले भौतिक संरचनासँग सेवा प्रवाह समेत स्मार्ट हुन आवश्यक रहेको बताए । उनले भने “राम्रा भवन राम्रा सवारीमा हिडेर मात्र भएन सेवा प्रवाहमा गुणस्तरीयता आउनुपर्यो ।”

कार्यक्रममा तनहुँका स्थानीय जनप्रतिनिधिहरू, समुदायका अगुवाहरू र विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सामाजिक विकास कार्यालयले बालबालिका, महिला, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूको सेवामा प्राथमिकता दिँदै आएको छ ।

सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्यले गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker