राष्ट्रिय युवासंघ ब्यासको भेला : युवा जनताको मनमनमा पुग्नुपर्छ – अध्यक्ष पौडेल

भञ्ज्याङ न्यूज

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले युवा संघ नेपालले जनताको मन छुने काम गर्नुपर्ने जोडदिंदै युवाहरु जनताको मनमनमा पुग्नुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल ब्यास नगर कमिटीले आयोजना गरेको युवा भेलालाई शुक्रबार दमौलीमा सम्बोधन गर्दै उनले नेकपा एमालेको सरकारले गरेका कामलाई जनताको घर घरमा पुर्‍याउन युवाले भूमिका खेल्नुपर्ने बताए ।

‘खाडीमा पुगेका युवालाई स्वदेश फर्काउन सकियो भने मात्र देशको बिकास गर्न सकिन्छ’, अध्यक्ष पौडेलले भने, ‘१५ लाख मत आगामी चुनावमा युवा संघले पार्टीलाई उपहार दिनुपर्छ । झरेका पातहरु ओइलिदै जाने र नयाँ पालुवा फक्रिदै जाने हुँदा झरको पात प्रति चिन्ता गर्नुहुँदैन ।’

‘शोषित, पीडित जनताको आवाज युवा संघले बोल्दै आएकाले भरलाग्दो संगठनको रुपमा युवासंघ उदाएको छ’, उनले भने, ‘जब समाजमा विभिन्न दलाल, तस्कर, भ्रष्टाचार, कालोबजारीको हालीमुहाली बढ्न थाल्छ, तबतब युवासंघ ती सबै खालका समाजविरोधी तत्वको विरोधमा प्रस्तुत हुन्छ । आम जनताको नजरमा युवासंघका सदस्यको बेग्लै पहिचान स्थापित भएको छ ।’

सभ्य र सुसंस्कृत युवाको रुपमा विकास गर्न युवा संघको दायित्व भएकाले संगठनलाई रहरलाग्दो बनाउन लागिपरेको बताउँदै पौडेलले जब जनताले आफ्नो आवाज दबिएको महशुस गर्छन, तब युवा संघले जनताको आवाज बाहिर ल्याउँछ र त्यहीकारण युवासंघ भरलाग्दो संगठन भएको दाबी गरे ।

युवासंघका व्यास नगर संयोजक कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, प्रदेश सभा सदस्य रामबहादुर गुरुङ, नेकपा एमाले तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, युबा संघ नेपाल उपाध्यक्ष एवं प्रदेश इन्चार्ज सन्तोष रावल, उपमाहासचिब रामजी सापकोटा, सचिव एवं गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङ, युवा संघ नेपाल तनहुँ संयोजक उज्ज्वल खनाल लगायतका वक्ताहरुले पार्टीलाई पहिलो बनाउन अब युवाहरुको काँधमा जिम्मेवारी आएको चर्चा गरेका थिए ।

यस्तै, उक्त भेलाले कृष्ण कुमार श्रेष्ठको अध्यक्षता मा ६५ सदस्यीय नगर कमिटी गठन गरेको छ । नवगठित कमिटीलाई युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज सन्तोष रावलले सपथ खुवाएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker