“भञ्ज्याङ” प्रकाशन आजबाट ४३औं वर्षमा प्रवेश

नारायण खड्का : सम्पादक

नारायण खड्का : सम्पादक

‘भञ्ज्याङ’ले आजबाट आफ्नो प्रकाशनको ४३ वर्षको यात्रा शुरु गरेको छ । वि.सं. २०३९ सालमा कास्कीको पोखरामा साप्ताहिकबाट प्रकाशन शुरु गरेको ‘भञ्ज्याङ’ले वि.सं. २०५९ सालदेखि ‘दैनिक’मा रुपान्तरण भई तनहुँको सदरमुकाम दमौलीबाट प्रकाशन भएको हो ।

नेपाली पत्रकारिता क्षेत्रको इतिहासका रुपमा आफ्नो अलग पहिचान बनाउन सफल भएको छ । यो यात्रा तय गर्नु आफैमा चुनौतीपूर्ण थियो र छ । तनहुँको सदरमुकाम दमौलीबाट “भञ्ज्याङ पब्लिकेशन प्रा.लि.” मार्फत “भञ्ज्याङ दैनिक” प्रकाशित हुँदै आएको छ । पत्रिकाले बिगतका घटना र वर्तमानका परिकल्पनालाई फर्किएर हेर्दा धेरै उतारचढाभका साथै संघर्षशिल इतिहास बनाएको र बन्न पुगेका छन् । मुलुकमा भएका विभिन्न कालखण्डहरुमा जोखिमको सामनासँगै समाधानको खोजी गर्दै आमपाठकको चाहानालाई साथ र सहकार्य गर्दै भञ्ज्याङले आफ्नो यात्रालाई निरन्तरता दिंदै आएको छ । परिवर्तनका निम्ति मुलुकमा भईरहने राजनीतिक मुद्दाले बेलाबखत उथलपुथल बनाउने गरेको छ ।

नारायण खड्का : सम्पादक

बिगतका घटनाक्रमलाई तुलनात्मक रुपमा वर्णन गर्ने अवस्था भने छैन । नेपाल र नेपाली जनतामाझ जोडिएको विकास निर्माण र समृद्धिका लागि भएका संघर्षले संघ, प्रदेश र स्थानीय तहको संरचना तयार भएका छन् । मुलुकको भौगोलिक विविधता, सांस्कृतिक, जातीय पहिचानका भेषभूषा जीवनत राख्नु देशको पहिचान हो । यो पहिचानलाई आत्मसाथ गर्दै भञ्ज्याङले साथमा साथ र काँधमा काँध मिलाएर अगाडि बढ्दै आएको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाल, पहाड र तर्राईसम्म बसोवास गर्ने आम नेपालीलाई सिंहदरबारको अधिकार घरआँगनसम्म पुर्‍याउने लक्ष्यका साथ जनताको घरदैलोको सरकारका रुपमा परिचित स्थानीय तह अगाडि बढिरहेको छ । तीनै तहका सरकारको मुख्य लक्ष्य भनेको जनता र मुलुकलाई समृद्ध बनाउनुनै हो ।

यस पत्रिकाले ४३औं खुड्किलो टेक्दै गर्दा आधुनिक प्रविधिका साथै नयाँ मिडियाले आफ्नो पकड जमाइसकेको छ । प्रविधिका कारण सेकेण्ड भरमा दुनियाको खबर क्षणभरमै सबैको पहुँचमा पुग्न थालेका छन् । प्रविधिको विकाससंगै लिथो, लेटरप्रेस हुँदै पोलि र मेटल प्लेटसंगै अहिले आधुनिक मेशिनबाट छापा माध्यमका पत्रपत्रिकाहरु प्रकाशित हुन्छन् । तर, प्रविधिको विकासले पछिल्लो समय छापा सञ्चार माध्यमलाई भने केही चुनौती थप्नुका साथै थप परिस्कृत हुन सचेत गराएको छ । सत्य, तथ्यमा आधारित रहि मुलुकभर छरिएका सामाग्रि टिपनटापन गर्दै ४२ वर्ष अघिदेखि भञ्ज्याङ पत्रिका अनवरत यात्रामा छ । टुक्राटुक्रा हत्केलामा जम्मा गर्दै यथार्तपरक रुपले आम नागरिकको हातहातमा पुगि रहेको छ ।

व्यक्तिविशेष पत्रकारिता नभई स्वतन्त्रतापूर्वक विषयगत बस्तुलाई प्राथमिकतामा राखि प्रकाशन माध्यमद्वारा पाठकको माझमा छर्लङ्ग हुने प्रयास निरन्तर चल्दै छ र चलिरहने छ । शहरदेखि ग्रामीण बस्तिसम्म सम्भावना बोकेका सम्भावित स्थानलाई ग्रामीण पर्यटन प्रवर्द्धन गर्न तथा स्थानीय कला संस्कृतिको संरक्षण, प्रवर्द्धनका साथै विकास निर्माण, अनियमितताका विषयमा खबरदारी गर्दै सम्बन्धित निकायलाई घच्घचाउँदै विकास र समृद्धिको बाटोमा मुलुक, समाजलाई डोर्‍याउने काम भञ्ज्याङ पत्रिकाले गर्दै आईरहेको छ । उकाली र ओराली हिड्दै गरेका यात्रीले थकाई मार्न भञ्ज्याङका चौतारीमा बिश्राम गर्नेका दुःख, पीडालाई समेटेर प्रकाशित हुँदै आएको छ ।

४३औं वर्ष प्रवेशका अवसरमा प्रकाशित यस विशेषाङ्कमा ‘आर्थिक समृद्धिका लागि स्थानीयस्तरमै रोजगारी’ विषयलाई समेटेका छौं । मुलुक संघीय संरचनामा गएसंगै अहिले तीन तहको सरकार छ । तीनै तहक सरकारले जनताका आशा, अपेक्षा र चाहानालाई सामयिक रुपमा बुझ्न नसक्दा अहिले मुलुक युवाबिहिन बन्ने अवस्थामा पुगेको छ । युवाहरु आफ्नो थाँतथलो छाडेर रोजगारीको खोजीमा भौतारिने क्रम दिनप्रतिदिन बढ्दो छ । यो अवस्था किन आयो ? यसको खोजी गरी समयमै निकासमा पुग्नु आजको आवश्यकता हो । यस अंकमा विशेषगरी स्थानीय सरकारले स्थानीयस्तरमै रोजगारीको वातावरण सृजना गर्न, बाँझिदै गएका उर्वर भूमिलाई पुनः हरभर बनाउन, युवालाई आफ्नै थाँतथलोमा स्वरोजगार बनाउन के-कस्ता नीति, कार्यक्रम अवलम्बन गरेका छन् र ती कार्यक्रममा युवालाई कसरी जोडिदै छ भन्ने विषयलाई प्राथमिकता दिएका छौं ।

हामीले मुलुकको वर्तमान अवस्थालाई मध्यनजर गर्दै संघीय लोकतान्त्रिक पद्धतिको जनहित प्रणाली स्थायीत्वप्रति जनताले उपभोग गर्न पाउनुपर्छ जस्ता विविध विषय उजागर गर्दै आएका छौं र निरन्तरता दिनेनै छौं । आम जनताका आवाजलाई अझै मुखरित गर्न प्रतिवद्ध छौं । प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा राखि न्यू मिडिया अन्तर्गत वेवसाइट, सामाजिक सञ्जालहरुमा फेसबुक पेज, ट्वीटर, युटुव च्यानल मार्फत पनि पाठकहरुलाई छिटो छरितो रुपमा विश्वासिला समाचार तथा सूचना प्रवाह गर्दै आएका छौं । हाम्रो ४३औं वर्ष प्रवेशको सन्दर्भमा यस विषेशाङ्कालाई लेख, रचना, शुभकामना, विज्ञापन, सूचना उपलब्ध गराउनु हुने लेखक, पाठक, विज्ञापनदाता, विभिन्न संघ संस्था सबै प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

हरेक बर्ष पुरानो हुँदै जाने तर स्मरण योग्य हुनाले प्रत्येक नयाँ वर्ष जन्मिन्छ । भञ्ज्याङ दैनिकको यो विषेशाङ्क पनि आशा र समिक्षाका लागि पाठक माझ सुम्पिएका छौं । विगतमा जस्तै आगामि दिनमा पनि पाठक, विज्ञापनदाता, सकारात्मक आलोचक, शुभचिन्तकहरुको साथ र सहयोगको अपेक्षा गरेका छौं । नयाँ वर्ष २०८१ ले सबैमा सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धि प्रदान गरोस्, मुलुकलाई समृद्धिको बाटो तर्फ उन्मुख गराउन सबै क्षेत्रबाट सकरात्मक पहल होस् । हाम्रो पनि शुभकामना ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker