अन्तर क्लव टि २० क्रिकेट प्रतियोगिताको उपाधि पेलिकन्स क्लवले जित्यो

दमौली : तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा व्यास नगरपालिका–५ मा आयोजित अन्तर क्लव टि २० क्रिकेट प्रतियोगिताको उपाधि पेलिकन्स क्लवले जितेको छ । आज भएको फाइनल खेलमा दमौली क्रिकेट क्लवलाई तीन विकेटले पराजित गर्दै पेलिकन्सले उपाधि जितेको हो । वर्षाका कारण दश ओभरमा खेल छोट्याइएको थियो ।
टस हारेर पहिले व्याटिङ गरेको दमौलीले दश ओभरमा पाँच विकेट गुमाउँदै एक सय नौ रन बनायो । दमौलीका तर्फबाट इम्रान शेषले १२, अर्जुन कुमालले ३९, रुपक बरालले पाँच, अरनिको यादवले २०, अमृत गुरुङले नौ, सुवास भण्डारीले चार, विनय भण्डारीले चार बनाए । उक्त खेलमा सन्दिप खत्रीले एक, सन्दिप पराजुलीले दुई र इश्वर क्षेत्रीले एक विकेट लिए ।
जवाफी व्याटिङ गरेको पेलिकन्सले ९.१ ओभरमा सात विकेटको क्षतिमा एक सय १२ रन बनायो । पेलिकन्सका तर्फबाट इश्वर क्षेत्रीले पाँच, दिपेश अधिकारीले ४५, सन्दिप खत्रीले छ, समिर कंडेलले तीन, वंश क्षेत्रीले १८ र नरेश शाहले ३१ रन बनाए ।
उक्त खेलमा दमौलीका सुवास भण्डारीले तीन, अमृत गुरुङले दुई, अरनिको यादवले दुई विकेट लिए । प्रतियोगितामा प्रथम हुनेले पेलिकन्सले रु ७५ हजार र द्वितीय हुने दमौलीले रु ३० हजार नगद प्राप्त गरेको छ ।
प्रतियोगितामा इस्टर्न क्रिकेट एकेडेमी, बैरेनी क्रिकेट क्लव, दमौली क्रिकेट क्लव, प्रगतिशिल क्रिकेट क्लव, महालक्ष्मी क्रिकेट एकेडेमी, हिमालय स्पोट्र्स एकेडेमी, आरसिबी क्रिकेट एकेडेमी, पेलिसन्स क्रिकेट क्लव, दमौली रिभल्स क्लवको सहभागिता रहेको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker