आफ्नै आमालाई कर्तव्य गरी मारेको आरोपमा बन्दिपुरबाट छोराबुहारी पक्राउ

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिका-३ शेराटारमा सोमबार छोराबुहारीले आफ्नै आमालाई कर्तव्य गरी मारेका छन् । प्यारालाइसिस भइ अशक्त अवस्थामा रहेकी आमालाई कुटपिट गरी मारेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले छोराबुहारीलाई नियन्त्रणमा लिइएको छ ।

सोमबार बिहान करिब ५ बजेको समयमा ८४ वर्षीया माया सर्किनीको अनुहारमा समेत घाउँचोट लागि मृत अवस्थामा भेटिएकी थिइन् ।

विहान उज्यालो नहुँदै राजकुमार सार्कीको गाई गोठमा आगो लागेको थियो । गाइगोठमा आगो लाग्दा गाइसँगै राजकुमारकी आमा सर्किनीको जलेर मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

स्थानीय जनप्रतिनिधिले गाई गोठमा आगो लागेर गाइसहित सर्किनीको मृत्यु भएको र घटना शंकास्पद भएको इलाका प्रहरी कार्यालय बन्दिपुरलाई जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्री सहितको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गर्दा जलेर मृत्युवरण गरेकी सर्किनीको अनुहारमा चोटपटक लागेको देखेपछि घटना शंकास्पद रहेको निष्कर्ष निकालिएको थियो ।

प्रहरी टोलीको प्रारम्भिक अनुसन्धान गर्दा आफ्नै ४७ वर्षीय छोरा राजकुमार सार्की र ३५ वर्षीया बुहारी सुशिला मजाकोटीले कुटपिट गरी हत्या गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

उनको गाई गोठमा आगो लगाई गोठ पूर्ण रुपमा जली नष्ट भएको र गोठमा गाई समेत जलेर मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ । छोरीको घरमा बस्दै आएकी मृतक सर्किनीलाई केही दिन अगाडि मात्र छोराले घरमा ल्याएको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानमा छोराबुहारीले कर्तव्य गरी मारेको खुलेपछि दुवैलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक खाँणले बताए । उनले भने, ‘मृतक र्सर्किनी प्यारलाइसिसको बिरामी भई अशक्त अवस्थामा रहेको बुझिएको छ । प्यारालाइसिसको बिरामी भएकाले छोराबुहारीले आमालाई नराम्रो व्यवहार गर्दै आएको बुझिएको छ ।’

दुइ छोरा मध्य एक छोराको यसअगाडि नै मृत्यु भएको स्थानीले बताएका छन् । प्रहरीले घटनास्थलको मुचुल्का गरी छोराबुहारीलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker