पालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता

तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको दोश्रो पालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधीका लागि प्रतिस्पर्धा गर्दै तनहुँको शुक्लागण्डकी नगरपालिका र बागलुङको गलकोट नगरपालिकाका खेलाडीहरु । प्रतियोगितामा ३-२ सेटले गलकोट नगरपालिका विजयी भएको छ । १६ पालिकाका खेलाडी बीच भएको प्रतिस्पर्धामा स्याङजाको विरुवा गाउँपालिका तेश्रो र तनहुँको भिमाद नगरपालिका चौथो भएको छ । आयोजकले विजयी गलकोटलाई एक लाख ४० हजार, उपविजेता शुक्लागण्डकीलाई एक लाख, तेश्रो विरुवालाई ६० हजार र चौथो भिमादलाई ३० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरेको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










