सहिदको शालिकमा माल्यार्पण

सहिद सप्ताहको अवसरमा तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरस्थित सहिदको शालिकमा माल्यार्पण गरिदै । राणा शासनविरुद्ध क्रान्तिको क्रममा बन्दिपुर सदरमुकाम कब्जा गर्ने क्रममा ज्यान गुमाएका छ सहिदको शालिकमा बिहीबार वडाध्यक्ष निरबहादुर खड्का, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायतले माल्यार्पण गरेका छन् । सहिद धर्मोत्तर सन्तधर्म चन्द्रखड्ग प्रतिष्ठानले तनहुँसुरमा सहिद उद्यान निर्माण सहिदहरु सन्तबहादुर राना, धर्मराज बतास, उत्तरकुमार श्रेष्ठ, चन्द्रबहादुर सार्की, धर्मध्वज गुरुङ र खड्गबहादुर गोदारको शालिक राखिएको छ । तस्विर : भञ्ज्याङ










