कोरोनाबाट १४ जनाको मृत्यु, ८ हजार ७२३ निको

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार देशभरमा १४ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार एन्टिजेन र पीसीआर विधिबाट गरिएको १२ हजार ६०५ परीक्षणमा ३ हजार १७५ मा कोरोना पोजिटिभ देखिएको छ। २४ घण्टामा निको हुनेको संख्या भने ८ हजार ७२३ रहेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा १९६, मोरङमा ८५, झापामा ७६, रुपन्देहीमा ६७, काभ्रेपलाञ्चोकमा ५१, चितवनमा ५८ र बाँकेमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँमा ४०, स्याङ्जामा ३४, दाङमा २९, मकवानपुरमा २६, कञ्‍चनपुरमा २४, बागलुङमा २२ र बर्दियामा २० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ रहेको छ । २४ घण्टामा २ लाख ६६ हजार ५४० ले खोप लगाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker