तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक

भञ्ज्याङ न्यूज

फागुन ३ गतेदेखि सञ्चालन गरिने तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । तनहुँ जिल्ला फुटबल संघ (एन्फा)ले शनिबार गोलाप्रथाबाट जिल्ला लिगको तालिका र्सार्वजनिक गरेको हो ।

संघ आयोजनामा हुन लागेको लिगमा (ए) समूहमा बन्दीपुर-४ स्थित अजम्बरी युवा क्लव, आँबुखैरेनीस्थित अकला युवा क्लव, व्यासस्थित हैरान्स क्लव, दोभान युवा क्लव र आँबुखैरेनीस्थित मर्स्याङ्दी युवा क्लव रहेका छन्।

यस्तै, (बि) समूहमा आँबुखैरेनीस्थित पुलजीप युवा क्लव, भिमादस्थित भिमाद युवा क्लव, शुक्लागण्डकीस्थित खैरेनीटार युवा क्लव, व्यासस्थित नवमित्रता युवा क्लव र आँबुखैरेनीस्थित अलस्टार क्लव रहेको तनहुँ जिल्ला फुटबल संघका उपमहासचिव टिकाराम पनेरुले बताए ।

युवा क्लव भिमादको सहआयोजनामा भिमाद रङ्गशालामा सञ्चालन गरिने प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख र द्वितीय हुनेलाई नगद रु ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । एन्फासँग आबद्ध भएका दश वटा क्लवलाई रु १५ हजारका दरले प्रदान गरिने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker