तल्लो सेती जलविद्युत आयोजनाको क्षेत्र निर्धारण गर्न सुझाव माग

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन क्षेत्र निर्धारण गर्न राय/सुझाव माग गरिएको छ । तनहुँ हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको आयोजनाको क्षेत्रधिकार निर्धारण गर्न सरोकारवालासँग राय/सुझाव माग गरिएको हो ।

स्थानीय सरोकारवालासँग आयोजना निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा रायसुझाव मागिएको छ । प्रस्तावित आयोजनाबाट प्रभावित हुने गाउँपालिका, नगरपालिका, तथा त्यहाँका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी एवं सरोकारवाला व्यक्तिसँग एक साताभित्र प्राप्त हुने गरी रायसुझाव पठाउन भनिएको छ ।

आयोजनाबाट बन्दिपुर गाउँपालिका वडा नम्बर ६, देवघाट गाँउपालिकाको वडा नम्बर ३ अवस्थित सारङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिकाको वडा नम्बर ३ र ४ हुँदै जाने ६.८ किलोमिटर लामो सुरुङमार्फत त्रिशुली र सेती नदीको संगमदेखि करिब ५ सय मिटर तल्लो तटिय क्षेत्रमा पर्ने देवघाट गाउँपालिकाको वडा नम्बर ४ मा त्रिशुली नदीको दायाँ किनारामा बन्ने अर्ध भुगिगत विद्युतगृहमा खसाली १२६ मेगावाट विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट बन्दीपुरको ६, व्यासको १४, देवघाटको ३, ४, २, रिसिङको १, २, आबुखैरेनीको ५, ६ र भरतपुरको २९ नम्बर वडा प्रवाभ गर्न सक्ने कम्पनीले जनाएको छ । प्रभावित स्थानीयले आगामी ७ दिनभित्र कम्पनीको कार्यालय र परामर्श दाताको कार्यालय जोइन्ट भेन्चर अफ डब्लुएपीसीओएस लिमिटे, निप्पोन कोई लिमिटेडको कार्यालयमा प्राप्त हुने गरी पठाउनु पर्नेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker