एमाले अध्यक्ष ओलीको कटाक्ष : सर्वोच्चमा गोरुले गठबन्धनरुपी पाँचवटा बाच्छा जन्मायो

भञ्ज्याङ न्यूज

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई जनादेशको समर्थन गर्ने कि परमादेशको समर्थन गर्ने ? भन्ने प्रश्न उठाउँदै अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्र नभएर पाँचवटा बाच्छा पाएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पूराना राजनीतिज्ञ स्वर्गी राजेश्वर देवकोटाको भनाई स्मरण गर्दै सर्वोच्च अदालतको परमादेशबाट गोरुले अहिलेको सत्ता गठबन्धन नामक पाँचवटा बाँच्छा पाएको टिप्पणी गरेका हुन् ।

ओलीले भने– तपाई परमादेशको समर्थन गर्ने कि जनादेशको ? सबैलाई खुसी पार्न सकिँदैन । परमादेशका नाममा जनादेशको माखौल उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ । एकजना न्यायाधीशले अमेरिकाबाट इमले लेख्छन्– केपी ओलीको सरकार नढाली भएको थिएन,त्यसैले संविधान बाहिर गएर फैसला लेख्नुपरेको हो । ती न्यायाधीशको के बिगार्देको थियो त्यो सरकारले ? खासमा त्यो इमेलले वर्गीय दुराग्रह झल्काउँछ ।

अध्यक्ष ओलीले संसदले सरकार बनाउने अधिकार समेत परमादेशबाट खोसिएको भन्दै मुलुक अहिले दुई धारमा बाँडिएको बताए । मुद्दा मामिलाबाट सरकार बनाउने जाली फटाहाको राजनीति एउटा र जनादेशमा आधारित राजनीति अर्को दिशामा रहेको उनले बताए ।

ओलीले भने– देशको अर्थतन्त्र ध्वस्त हुँदैछ । देशको राजनीति विग्रन नदिन कति हाामीले बलिदान दिने ? अब बलिदान दिने होइन,संघर्ष र दबाबबाट सुधार गर्नुपर्छ । निर्वाचनको माध्यमबाट नै गर्छाैं । सडकमा गइरहनुपर्ने धेरै अवस्था पनि छैन । हामी निर्वाचनबाटै ठेगान लाउन सक्छौं,किनकी महान जनताको साथमा हामी छौं ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker