जेठ दोस्रो साताबाट कक्षा १२ को परीक्षा सञ्चालन हुने
भञ्ज्याङ समाचारदाता/काठमाडौं

कक्षा १२ को परीक्षा आगामी जेठको दोस्रो सातादेखि सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्न लागेको हो । बोर्डले परीक्षा मिति नतोकिसकेको राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष डा महाश्रम शर्माले जानकारी गराए । उनले भने, ‘बोर्डले जेठको दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्न प्रस्ताव तयार गरिसकेकोछ ।
बैठकले स्वीकृत गरेपछि जेठको कति गतेदेखि परीक्षा गर्ने भन्ने निर्णय हुन्छ ।’ उनका अनुसार भोलि बोर्डको बैठक बस्दैछ। बोर्डको बैठकपछि परीक्षा तालिका सार्वजनिक गर्ने उनले बताए । यसपटकको प्रश्नपत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ ।










