साढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार

रमेश लम्साल

एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो । सो आयोजनाले हालसम्म झण्डै रु पाँच अर्ब बराबरको बिजुली बिक्री गरेको छ । अर्थतन्त्रका जानकारहरूले एक युनिट बिजुली बराबर रु १०० बराबरको बहुपक्षीय प्रभाव पर्ने बताउँदै आएका छन् । यही आधारमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत माथिल्लो तामाकोसीले महत्वपूर्ण योगदान पु¥याएको पाइएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो परियोजनाले कूल छ महिना नेपालको ऊर्जा क्षेत्रलाई पूर्णरूपमा आत्मनिर्भरसमेत बनाएको छ । विभागले भनेको छ, “खासगरी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट गत आवको अन्त्यदेखि विद्युत् उत्पादन सुरु, अन्य आयोजनाको निर्माणमा भएकोे वृद्धि तथा औद्योगिक उत्पादनमा भएको वृद्धि आदिका कारणले यस क्षत्रेको कूल मूल्य अभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव परेको छ ।”

केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको आव २०७८÷७९ को राष्ट्रिय लेखा तथ्याङ्कानुसार आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने देखिएको छ । विश्व बैंक, एसियाली विकास र आइएफएफजस्ता संस्थाले नेपालको कूल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिरहेको बेला सरकारको एक निकायले भने आशातित तस्वीर सार्वजनिक गरेको हो ।

आव २०७७÷७८ मा आर्थिक वृद्धिदर ४.३ प्रतिशत भएको थियो भने आव २०७६÷७७ मा माइनस २.४ प्रतिशत बराबरको आर्थिक वृद्धि भएको थियो । सरकारले चालु आवमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विभागले वृद्धिदरका विभिन्न आयाम प्रस्तुत गरेको छ । त्यसमा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा ५.८४ प्रतिशत रहनेछ । यस्तै आधारभूत मूल्यमा ५.४९ प्रतिशत र कूल उत्पादन आधारभूत मूल्यमा भने रु ७३ खर्ब ५६ अर्ब ६१ करोड बराबर रहेको छ । यस्तै कूल मध्यवर्ती उपभोग उपभोक्ता मूल्यमा रु ३२ खर्ब ५१ अर्ब ६ करोड बराबर छ ।

चालु मूल्यअनुसार कूल गार्हस्थ्य उत्पादन आधार मूल्यमा रु ४१ खर्ब पाँच अर्ब ५४ करोड बराबर रहँदा चालु मूल्यअनुसार कूल ग्रार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा रु ४८ खर्ब ५१ अर्ब ६३ करोड बराबर पुगेको छ । विभागका अनुसार चालु मूल्यमा कूल स्थिर पूँजी निर्माण रु १४ खर्ब २५ अर्ब आठ करोड बराबर छ । चालु मूल्यमा अन्तिम उपभोग खर्च रु ४४ खर्ब एक अर्ब ६७ करोड बराबर छ । चालु मूल्यमा वस्तु तथा सेवा निर्यात रु तीन अर्ब २० अर्ब ७१ करोड बराबर छ ।

यस्तै वस्तु तथा सेवा आयात रु १८ खर्ब २० अर्ब ८२ करोड, चालु मूल्यमा कूल राष्ट्रिय बचत कूल गार्हस्थ्य उतपादनको ३१.९५ प्रतिशत बराबर छ । कूल ग्रर्हस्थ्य उत्पादनको १९.८१ प्रतिशत बराबरको विप्रेषण आय भएको विभागको ठहर छ । रु नौ खर्ब ६१ अर्ब सात करोड बराबरको विप्रेषण चालु आवको अन्त्यसम्म आप्रवाह हुने यसबाट देखिन्छ । प्रतिव्यक्ति कूल गार्हस्थ्य उतपादन रु एक लाख ६४ हजार ५९८ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा एक हजार ३७२ बराबर हो । त्यस्तै प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन रु एक लाख ६५ हजार ६४९ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा एक हजार ३८१ बराबर हो ।

विगत ६० वर्षदेखि लगातार राष्ट्रिय लेखामान सार्वजनिक गर्दै आएको विभागले सन् २०११ लाई आधार वर्षका रूपमा मान्यता दिएको छ । हरेक तीन आवको विवरणलाई प्रस्तुत गर्दै चालु आवको छदेखि नौ महिनाको विवरणका आधारमा विवरण सार्वजनिक गरेको हो ।

बेमौसमी बाढी तथा पहिराका कारण गत कात्तिकमा धानखेतीमा परेको नकारात्मक असरका कारण आर्थिक वृद्धिदरमा केही समस्या देखिएको विभागको भनाइ छ । बेमौसमी वर्षा नभएको भए आर्थिक वृद्धिदर अझै माथि जानसक्ने विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले वास्तविकताका आधारित तथ्य तथ्याङ्कको विश्लेषण गरेर विवरण प्रकाशित गरिएकाले अन्तर्राष्ट्रिय निकायहरूको भन्दा विभागको तथ्याङ्क विश्वसनीय र भरपर्दो रहेको बताउनुभयो । आयोगका सदस्य डा रामकुमार फुँयालले रुस–युक्रेन सङ्घर्षका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण नेपालको अर्थतन्त्रमा पनि प्रभाव परेको बताउनुभयो । कोरोना महामारीबाट अर्थतन्त्र क्रमशः लयमा फर्किएको समेत उहाँको भनाइ छ ।

यस्तै विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले चालु आवमा कूल आयात कूल २० खर्ब बराबर पुग्ने अवस्था देखिएको जानकारी दिनुभयो । यस्तै निर्यात भने रु तीन खर्ब २० अर्ब बराबर पुग्ने देखिएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker