तनहुँका नौ पालिकाको कार्यपालिकाले पायो पूर्णता

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका १० स्थानीय तहमध्ये नौ स्थानीय तहका कार्यपालिकाले पूर्णता पाएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत जिल्लाको व्यास नगरपालिका बहेक अन्य नौ पालिकाको कार्यपालिकाले पूर्णता पाएको हो । व्यास नगरपालिकाको कार्यपालिका चुनावका लागि विहीबार कार्यतालिका प्रकाशित गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यपालिका सदस्य निर्वाचनका लागि कार्यतालिका प्रकाशित गरेको हो ।

तालिका अनुसार जेठ १९ गते उम्मेदवारको नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित मतदाता नामावली प्रकाशित गरिनेछ । जेठ २० गते मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गर्ने कार्यतालिका बनाइएको छ । यस्तै जेठ २१ गते मनोनयन र २५ गते मतदानको कार्यतालिका रहेको छ ।

नगरपालिकामा आठ जना कार्यपालिका सदस्य निर्वाचित र पाँच जना महिला वडा सदस्यबाट र तीन जना दलित/ अल्पसंख्यकबाट निर्वाचित हुने प्रावधान अनुसार कार्यपालिका सदस्य चयन गरिन्छ । व्यास नगरपालिकामा नेपाली कांग्रेसको बहुमत रहेकाले सबै कार्यपालिका सदस्य कांग्रेसबाटै निर्वाचित हुने निश्चित छ ।

यस्तै, शुक्लागण्डकीको कार्यापालिकामा एमाले प्यानलै विजय विजय भएको छ । बिहीबार भएको कार्यपालिका सदस्य निर्वाचनमा एमालेको प्यानल नै विजय भएको हो । महिला सदस्यमा डोलमाया गुरुङ, रिता नेपाली, शारदा लम्साल, सीतादेवी तिमिल्सिना, सुनित सुनार वि.क निर्वाचित भएका छन् । दलित अल्पसंख्यक तर्फ खिम बहादुर कुमाल, विमल जि.सी. (भुजेल) र सन्तोष वि.क. निर्वाचित भएका छन् । ६२ मत खसेकोमा निर्वाचित सबैले समान ३५ मत प्राप्त गरेका थिए ।

भानु नगरपालिकाको कार्यपालिका सदस्य पनि निर्वाचित भएका छन् । कार्यपालिकामा नेपाली कांग्रेसका सात र नेकपा (एकीकृत समाजवादी)का एक जना निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन नभए पनि कार्यपालिका सदस्यमा भने एकीकृत समाजवादीले पनि भाग पाएको छ ।

दलित/अल्पसंख्यकतर्फ एकीकृत समाजवादीबाट राजु सुर्खाली कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसबाट रविन भुजेल र धनबहादुर विक निर्वाचित भएका छन् । निर्वाचित वडा सदस्यबाट महिलातर्फ वृन्दा रानाभाट, प्रविना थापा, सावित्रा सुनार, सकिना खातुन र शान्ता लम्साल निर्वाचित भएका छन् ।

भिमाद नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाइसकेको छ । कार्यपालिकाले पूर्णता पाएकामध्ये भानु, देवघाट, म्याग्दे, ऋषिङमा कांग्रेसको बहुमत पुगेको छ भने बन्दिपुरमा कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनको बहुमत पुगेको छ । भिमाद र घिरिङमा नेकपा (एमाले)को तथा आँबुखैरेनीमा नेकपा (माओवादी केन्द्र)को एकल बहुमत पुगेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker