तनहुँ जलविद्युत् आयोजनाले भिमादको वानटाङ खोलामा पुल बनाउँदै

दमौली : तनहुँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माण प्रक्रिया सुरु गरेको हो ।
वर्षौँदेखि खोलामा पुल नहुँदा समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दालाई पुल बनेपछि आवागमनमा सहजता हुने भएको छ । आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत यहाँ पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । उहाँका अनुसार रु २५ करोड लागत अनुमानसहित यही असार १४ गते बोलपत्र आह्वान गरिएको छ ।
“एसियाली विकास बैंकको सहयोगमा आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत पक्की पुल निर्माण प्रक्रिया सुरु भएको हो”, भण्डारीले भन्नुभयो, “पुल बनेपछि यस भेगका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ ।”
भिमाद नगरपालिका हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने भिमाद–ऋषिङ खण्डअन्तर्गत वानटाङ खोलामा पुल नहुँदा वर्षायाममा यस भेगका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । खोला बढेको बेला स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य छन् ।
एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा विभिन्न योजना सञ्चालन गरिरहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो । उहााँ खनुसार हालसम्म सामुदायिक विकासतर्फ ५३ योजना सम्पन्न भइसकेका छन् भने १२ वटा योजना चालु अवस्थामा रहेका छन् ।
भण्डारीका अनुसार ऋषिङ–१ तल्लो सेटाङमा गणेश आधारभूत विद्यालयको घेर पर्खाल तथा सभाहल निर्माण, सेती नदीको दायाँ किनार संरक्षण कार्य, बाँधतर्फबाट लोक्मा जाने पैदलमार्ग निर्माण, म्याग्दे गाउँपालिका–१ स्थित विजय आधारभूत विद्यालयको खेलमैदान सुधार, भिमाद–५ स्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण, दीपज्योति आधारभूत विद्यालय भवन मर्मत, भारलाङ्दी खानेपानी समितिलाई सोलार पम्प आपूर्ति कार्य र सेती नदी बायाँ किनार संरक्षण कार्य भइरहेका छन् ।
व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालय भवन, बन्दीपुर गाउँपालिका–६ स्थित भुतखोला सराङघाट सडकखण्ड ग्याविन निर्माण, व्यास नगरपालिका–५ स्थित मगर समाज भवन निर्माण पनि भइरहेका उहाँले जानकारी दिनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker