घाँसीकुवाको अस्तित्व संकटमा

  • भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्तलाई यस स्थानसम्म पुर्‍याउन प्रेरणादायी बनेको घाँसीकुवा र पार्कस्थलको अस्तित्व संकटमा पर्ने देखिएको छ । पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीकुवा र भानुघाँसी पार्कस्थल सडकले असर पुर्‍याउने देखिएकाले अस्तित्व संकटमा पर्ने भएको हो । जीवनभर घाँस काटेर कमाएको पैसाले केही नाउ रहोस् भनि त्यतिबेला घाँसीले उक्त स्थानमा कुवा निर्माण गर्नुभएको थियो । जुन अहिले पनि संरक्षणको अवस्थामा रहिआएको छ ।

सदरमुकाम दमौलीबाट करिब पाँच किलोमिटर पूर्वमा घाँसीकुवा भन्ने स्थान पर्दछ । घाँसीको सम्मानमा उक्त स्थानलाई तत्कालीन घाँसीकुवा गाविस नामकरण गरिए पनि अहिले उक्त व्यास नगरपालिका-१२ मा पर्दछ । सडक विस्तारसँगै अहिलेको घाँसीकुवा र भानु-घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने अवस्था आउने हुँदा यसको संरक्षणका लागि समयमै सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ । हाल व्यास नगरपालिका-५ स्थित मानहुँ मामाघर पुगेर पैदल बाटो फर्कने क्रममा यही स्थानमा उहाँको घाँसीसँग जम्काभेट भएको भनाइ छ । घाँसीको प्रेरणाबाट उत्साहित भएका आदिकवि भानुभक्तले नेपाली भाषा साहित्य क्षेत्रमा अतुलनीय योगदान दिनुभएको छ ।

घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरिदिएकाले घाँसी को थिए भन्ने पहिचान अझै खुल्न नसकेको भानु-घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराइले बताउनुभयो । घाँसीकुवा रहेको भन्दा दुइ सय मिटर दूरीमा पर्ने उत्तरतर्फ करिब एक रोपनी सार्वजनिक जग्गामा स्थानीय बासिन्दाले भानु-घाँसी पार्क निर्माणको लागि दिने निर्णय गरिसकेकाले त्यस ठाउँमा पूर्वाधार निर्माण गर्न उचित देखिएको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker