व्यासले नवप्रवर्तनीय कार्यक्रम र कृषि क्षेत्रको प्रवर्द्धनका लागि प्रस्ताव पेश गर्ने

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले गण्डकी प्रदेश सरकारबाट आहृवान भएको नवप्रवर्तनीय कार्यक्रममा सभागि हुनका लागि प्रसताव पेश गर्ने भएको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले नवप्रवर्तनीय कार्यक्रम र कृषि क्षेत्रको प्रबर्द्धन, बजारीकरण, रोजगारी अभिबृद्धी गर्ने क्षेत्रमा नगरपालिकाको तर्फाट प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।

कार्यपालिका बैठकले चालु आर्थिक वर्षा वडागत, नगरस्तरीय, प्रदेश सरकार, संघ सरकारबाट तय भएका योजनाहरु उपभोक्ता समितिबाट गर्ने वा टेण्डर प्रकृयाबाट गर्ने विषयमा वडागत प्रतिवेदनहरुको समिक्षा गरी सम्बन्धित शाखालाई योजनाहरु कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

नगर क्षेत्रको फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाका जनप्रतिनिधि, सम्भावित क्षेत्रका टोल संस्थाका अध्यक्ष एवं प्रतिनिधि सहित गत भाद्र ३० गते वालिङ नगरपालिका सरसफाई केन्द्रको अध्ययन भ्रमणका विषय बैठकमा जानकारी गराइएको थियो ।

सरसफाई केन्द्र तत्काल प्रारम्भ गर्न प्रस्तावित जग्गाहरुका स्थानीय सरोकारवालाहरुसंग समन्वय गरी प्रकृया अघि बढाउन सरसफाई व्यवस्थापन समितिलाई जिम्मा दिने निर्णय बैठकले गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालले बताए ।

यस्तै, बैठकले नगरपालिका भित्र हुने चालु खर्चको पुनरावलोकन गरी आगामि बैठकमा राय सुझाब पेश गर्न उप-प्रमुख इन्दिरा दरैको संयोजकत्वमा रमेशचन्द्र हडखले, मन बहादुर गुरुङ, रनसिं नेपाली सदस्य र प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला सदस्य सचिव रहने गरी समिति गठन गरेको छ ।

बैठकले २०७९ सालको वडादशैं, शुभ दिपावली, नेपाल संम्वत, छठ पर्वमा सम्पूर्ण नगरवासी दाजुभाइ, दिदीबहिनिहरुमा शुभकामना व्यक्त गर्दै असोज १५ गते शनिबार नगरपालिकामा नगर स्तरीय शुभकामना आदान प्रदान गर्ने निर्णय गरेको छ ।

चाडपर्वको सन्दर्भमा नगरस्तरीय, वडास्तरीय बजार अनुगमन गर्ने र खसी, बोका लगायतका दशैं, तिहार लक्षित अस्थायी बजार व्यवस्थापन गर्न सम्बन्धित वडालाई जिम्मा दिने बैठकले निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker