कांग्रेस तनहुँका युवा नेता पूर्णबहादुर गुरुङ एमालेमा प्रवेश
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका युवा नेता तथा तनहुँका महासमिति सदस्य पूर्णबहादुर गुरुङ नेकपा एमालेमा प्रवेश गरेका छन् । तरुण दलको नेतासमेत रहिसकेका गुरुङ पछिल्लो समय गोविन्दराज जोशी समूह नजिक थिए ।
उनी सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् ।
सो अवसरमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, तनहुँका निवर्तमा जिल्ला अध्यक्ष केदार सिग्देललगायतका नेता सहभागी थिए ।
एमालेमा प्रवेश गर्दै नेता गुरुङले भनेका छन् : `चाकरी चाप्लुसी फरियावाद नाताबाद कृपावाद ढोके चम्छेहरुको बिरासतकै कारण आजदेखि नेपाली काङ्ग्रेसको राजनीतिबाट टाढा रहेको र नेपाली काङ्ग्रेसको साधारण सदस्य समेतबाट राजिनामा गरी साधारण सदस्य समेत नरहेको घोषणा गर्दछु ।´










