रेशम र दुर्गाको नयाँ कौरा/चुडका गित “रिसिङ डाँडा रमाइलो” सार्वजनिक
भञ्ज्याङ समाचारदाता/दमौली

‘कौरा किङ’का रुपमा चिनिएका गायक दुर्गा गुरुङ लगायतको स्वरमा नयाँ कौरा/चुट्का गीत सार्वजनिक गरिएको छ । ‘रिसिङ डाँडा रमाइलो’ बोलको यस गीतमा दुर्गाका अलावा पृथ्वी गुरुङ, शर्मिला गुरुङ र दुर्गा गुरुङ ‘तमुस्यो’को स्वर रहेको छ ।
बरिष्ठ संगितकार रेशम गुरुङको संगीत रहेको यस कौरा/चुडका गीतमा गणेश गुरुङ र रेशमको संयुक्त शब्दरचना रहेको छ । कौरा किङ दुर्गा गुरुङकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा एरेञ्ज पनि गायक दुर्गाले नै गरेका हुन् ।
तनहुँकै रमणीय स्थल रिसिङमा छायाँकन गरिएको यस गीतको भिडियोमा मुख्य नायिकाको रुपमा उर्मिला गुरुङले अभिनय गरेकी छन् । साथमा कौसिला गुरुङ, निरु गुरुङ, करुणा गुरुङ, अञ्जना गुरुङ, पुष्पा गुरुङ, लक्ष्मी गुरुङ, सुष्मा गुरुङ, अनिता गुरुङ, माया आले मगर, रश्मी आले मगर र पल्पशा आले मगरको नृत्य अभिनय रहेको छ ।
शोभा गुरुङ, सरु गुरुङ, रेशम गुरुङ, दुर्गा गुरुङ, नन्द शोभा गुरुङ र आशिष गुरुङ (जापान) निर्माता रहेको यस गीतको भिडियोलाई निर्देशन तथा कोरियोग्राफी पर्शन गुरुङले गरेका हुन् ।










