‘झल्को लाग्छ तिमी हाँसेको….’ सार्वजनिक (भिडियो सहित)

‘झल्को लाग्छ तिमी हाँसेको….’ बोलको गीत सार्वजनिक गरिएको छ । बैदेशिक रोजगारीमा रहेको निरज जंग गहतराजको शब्द रहेको गीत सार्वजनिक गरिएको हो ।
रोजगारीका शिलशिलामा विदेशिन बाँध्य रहेका नेपाली दाजुभाईको कथा समेटेर गितको बनाएको गहतराजले बताए ।
टिका पुन र ओम सुनारको स्वर रहेको गीतको भिडियोमा नायिका तथा मोडल सारिका केसी र बिक्रम बुढाथोकीको अभिनय रहेको छ ।
म्युजिक एजेन्जर ओम सुनार रहेका छन् भने रेकर्डिङ/मिक्सिङ/मास्टरिङ नरेश विविसि, निर्माता टिका थापा वि.क, निदेशन बविता श्रेष्ठ (मलेखु)को रहेको छ । गीत सारा इन्टरटेन्मेन्ट अफिसियल युटुव पेजबाट सार्वजनिक गरिएको छ ।