चिन्तुटारका बासिन्दाले बिकासको अनुभूति गर्न पाउँछन् : कांग्रेस उम्मेदवार भण्डारी

भञ्ज्याङ समाचारदाता/दमौली

बाम-लोकतान्त्रिक गठबन्धनबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य तर्फका उम्मेदवार नेपाली कांग्रेसका नेता शंकर भण्डारीले चिन्तुटार आफ्ने मुटुको ढुकढुकी रहेको र चिन्तुटारका बासिन्दाले चाँडै नै बिकासको अनुभुति गर्न पाउने बताएका छन् ।

व्यास-५ चिन्तुटारमा बुधबार आयोजित चुनावी सभा तथा घरदैलोमा सहभागि भएका उम्मेदवार भण्डारीले आफुले निर्वाचन जितेसंगै चिन्तुटारका बासिन्दाका समस्यलाई सम्बोधन गर्दै विभिन्न सेवा सुविधाहरु घरघरमै पुर्‍याउने प्रतिवद्धता जनाएका छन् ।

‘चुनाव जितेर गएका नेताहरु गाउँ फर्केर आउँदैनन् भन्ने स्थानीयको गुनासो रहिछ तर हामी जितेर गएपछि पुनः गाउँ फर्किएर यहाँको समस्य समाधान गर्नतर्फ लाग्नेछौं’, उनले भने, ‘घरदैलोको क्रममा यहाँ सडक, खानेपानी, शिक्षा, कृषि उपज उचित मुल्यमा बजारीकरण नभएको लगायतका समस्यहरु भेटे । निर्वाचित भएलगातै यसलाई सम्बोधन गर्ने छौं ।’

‘घरदैलोको क्रममा ग्रामीण क्षेत्रमा खानेपानीको व्यवस्थापन हुन नसकेको, योजना पुरा नभएको, कृषिको सम्भावना बोकेको जिल्ला भएपनि सिंचाईको व्यवस्थापन नहुँदा जमिन सुख्खा छन्, उत्पादन राम्रोसंग बजारीकरण नहुँदा कृषकले फाइदा लिन नसकेको, अझै पनि बिद्युतको सेवा नपुगेको समस्य भेटेका छौं’, उनले भने, ‘त्यो समस्य अब चाँडै समाधान होस् भनि जुन मतदाताको आशा छ, त्यो पुरा गरी मतदातालाई सम्पूर्ण सेवा सहज रुपमा उपभोग गराउने हाम्रो उद्देश्य छ ।’

यस्तै, गठबन्धनबाटै तनहुँ-२ (१) का उम्मेदवार माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले पनि जनता र गाउँठाउँकै बिकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले भने, ‘अहिलेको प्रमुख समस्य भनेको ग्रामीण क्षेत्रका सडक हुन् । प्रदेशले बनाउने योजनामा यसको पनि सम्बोधन हुनेछ । सकेमसम्म सबै ग्रामीण क्षेत्रका सडक पिच गर्ने नभए ग्राभेलिङ र नाला बनाउने कार्य अगाडि बढाउने छौं।’

कृषि, शिक्षा, स्वास्थ्य प्राथमिकतामा राख्ने र सामाजिक कुराहरु जस्तै सामजिक भेदभाव अन्त्य गर्ने उनले बताए । उनले भने, ‘मलाई मतदाताले इमान्दार र योग्य उम्मेदवारको रुपमा स्वीकारलेको पाएको छु र यसलाई कायम गरेर राजनीतिमा भएको बिकृति र विसंगतिको अन्त्य गर्ने मेरो लक्ष्य छ ।’

यस्तै, घरदैलो कार्यक्रममा चिन्तुटार पुगेका गठबन्धनका उम्मेदवरलाई स्थानीयले ११ बुँधे बिकासका योजना माग गर्दै पत्र बुझाएका छन् । सडक, खानेपानी, शिक्षा, मादी नदीको कटानबाट क्षति रोकका लागि तटबन्ध, माहेन्द्री मार्ग कालोपत्रे, चिन्तुटार रंगाशाला निर्माण प्रक्रिया अगाडि बढाउन, सिंचाई व्यवस्थापनका लागि पोखरी निर्माण, चोकमा बत्ति व्यवस्थापन, विद्यालय भवन निर्माण लगायत मागहरु सम्बोधन गर्न चिन्तुटार टोल बिकास संस्थाका अध्यक्ष गोपाल बहादुर क्षेत्रीले उम्मेदवारको ध्यानाकर्षण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker