म्याग्दे गाउँपालिकाद्वारा अपाङ्गता भएकालाई न्यानो कपडा वितरण
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गत १५ घर परिवारलाई गाउँपालिकाले न्यानो कपडा वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले न्यानो कपडा वितरण गरेका हुन् ।
वडाबाट सिफारिस भई आएको परिवारहरुमा वडा नं १ का बल वहादुर थापा, सुमित्रा विक, वडा नं २ बाट सुजन रानाभाट, कमलदकोटे होम बहादुर परियार, ३ नं वडाका चन्द्रबहादुर चदारो, पदम बहादुर हुन्चिङ, वडा नं ४ को इम बहादुर थापा, हिमला राना, वडा नं ५ न का समिर नेपाली, वडा नं ६ का नविश थापा, रुपेश विक, दिलिप नेपाली, वडा नं ७ का कृष्ण बहादुर विक, सोम बहादुर सार्कीलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

एक थान फाइबरको सिरक, एक थान डसना, एक थान तन्ना, एक थान सिरानी गरी प्रति परिवार चार हजार तीन सय बराबरको सामग्री वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख शारदा गैह्रे पौडेलले बताइन् ।










