शिक्षक संघ व्यासको अध्यक्षमा पौडेल निर्वाचित

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल शिक्षक संघ व्यास नगर समितिको अध्यक्षमा इन्द्र पौडेल निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न निर्वाचनबाट पौडेलले ३६७ मत प्राप्त गरी निर्वाचित भएका छन् । पौडेलका प्रतिस्पर्धी बलराम वाग्लेले १५५ मत प्राप्त गरेका छन् । पौडेल सत्यवती माध्यमिक विद्यालयका शिक्षक हुन् । ६६१ मतदाता रहेको संघको निर्वाचनमा ५२७ मत खसेको बताइएको छ ।

यस्तै संघको सचिवमा रुपा घिमिरे विजयी भएकी छन् । घिमिरेले ३६८ मत प्राप्त गर्दा प्रतिस्पर्धी बुद्धिबहादुर बरालीले १४५ मत प्राप्त गरेका छन् । अन्य पदमा भने निर्विरोध भएको छ । उपाध्यक्षमा मनु सापकोटा र टिकाराम दाहाल, सचिव अर्थमा प्रकाश बसौला, सहसचिव समावेशीमा अमर सुनार र शम्भुलाल थापा, सहसचिव महिलामा रिमा आले, सहसिचव खुल्लामा विनोद रम्तेल, सहसचिव अर्थमा विपना सुनार निर्विरोध भएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker