‘गदर २’ ले आक्रामक ओपनिङ गर्ने संकेत, १ लाख ८० हजार अग्रिम टिकट बिक्री

‘गदर’ रिलिजको २२ वर्षपछि सनी देओल यसको दोस्रो शृंखलामार्फत दर्शकलाई मनोरञ्जन दिन तम्तयार छन् । ‘गदर २’ शुक्रबार विश्वव्यापी रिलिज हुँदैछ । फिल्मको अग्रिम टिकट बिक्री निकै आक्रामक छ ।

अनिल शर्मा निर्देशित फिल्मको बुधबार साँझसम्म एक लाख ८० हजारभन्दा बढी टिकट बिक्री भइसकेको छ । यसबाट ‘गदर २’ ले धमाकेदार ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।

बुधबार साँझसम्म भारतका प्रमुख मल्टिप्लेक्समा शुक्रबारका लागि पीभीआरमा ५२ हजार २५०, आइनक्समा ४२ हजार ८००, सिनेपोलिसमा २८ हजार ३००, मिराजमा १७ हजार ५००, फ्लेमिङ्गोमा १५ हजार, वेभफर्ममा ८ हजार ५९४, चलचित्र समयमा ७ हजार ५६०, मुमी म्याक्समा ७ हजार, एमटुकेमा १ हजार ९४४ र सिटीप्राइडमा १ हजार ६६१ टिकट बिक्री भइसकेको छ ।

कुल मिलाएर रिलिजको पहिलो दिनसम्म शुक्रबारका लागि एक लाख ८२ हजार ६०९ वटा टिकट बिक्री भइसकेको छ । यसमा सिंगल थिएटरको टिकट समावेश नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘गदर २’ मा अमिषा पटेल र उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ । शुक्रबार नै अक्षय कुमारको शीर्ष भूमिका रहेको ‘ओह माइ गड २’ पनि रिलिज हुँदैछ । फिल्मको अहिलेसम्म २५ हजार अग्रिम टिकट बिक्री भएको छ । दुवै फिल्म नेपालमा पनि शुक्रबार रिलिज हुँदैछन् । अनलाइनखवर

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker