एमालेको निर्णय : अतिथि र वक्तालाई दर्शक दीर्घामै राख्ने, ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने

काठमाडौं । पार्टीको कार्यक्रममा आसन ग्रहण नगराउने निर्णय गरेको नेकपा एमालेले अतिथि र वक्तालाई दर्शक दीर्घामै राख्ने र सार्वजनिक कार्यक्रममा अध्यक्ष बाहेक अरूको फोटो प्रयोग नगर्ने भएको छ।

सोमबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्णय गरिसकेको भए पनि सर्कुलर आउन बाँकी रहेको जानकारी बुधवार साँझ दिएका थिए ।

सोही विषयलाई थप प्रष्ट पार्दै उपमहासचिव विष्णु रिमालले सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापन सम्बन्धी पार्टीका निर्णयहरूका बारेमा नेता कार्यकर्ताहरूलाई परिपत्र गरिएको बताएका छन् ।

उनका अनुसार मञ्चको प्रयोग वक्ताले मात्रै गर्ने, अतिथि र वक्ताहरूलाई दर्शक दीर्घामा नै आसनको व्यवस्था मिलाउने, सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्यको फोटो प्रयोग नगर्ने निर्णय भएको छ ।

यस्तै कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय भएको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker