पञ्चमुनिदेव माविले लगातार दोस्रो पटक जित्यो रनिङ शिल्ड

तनहुँको शुक्लागण्डकी नगरपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार दोस्रो पटक पञ्चमुनिदेव माध्यमिक विद्यालयले उपाधि हात पारेको छ । गतबर्षको विजेता पञ्चमुनिले यस बर्ष १५ स्वर्ण, १० रजत र ३ कास्य पदक हात पार्दै रनिङ शिल्डको उपाधि रक्षा गर्न सफल भएको छ ।

जितसंगै पञ्चमुनिले नगद २० हजार साथमा रनिङ शिल्डको उपाधि प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा तालवेसी माध्यमिक विद्यालय द्धितीय भएको छ । प्रतियोगितामा तालबेसीले ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्न सफल भएको छ । जितसंगै तालवेसीले नगद १५ हजार रुपैयाँका साथमा शिल्ड प्राप्त गरेको छ ।

प्रतियोगितामा नेपाल पुलिस स्कुलले ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हात पार्दै तृतीय भएको छ । प्रतियोगितामा तृतीय भएको पुलिस स्कुलले नगद १० हजार साथमा शिल्ड प्राप्त गरेको छ ।

गत शुक्रबारदेखि सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगितामा गाउँफर्कोदय माविले २ स्वर्ण, ३ रजत र ३ कास्य पदक, अरनिको मावि खैरेनीटारले १ स्वर्ण, ५ रजत र ५ कास्य पदम, खैरेनी माविले १ स्वर्ण, १ रजत र ९ कास्य पदक, आधारभूत माविले १ स्वर्ण, १ कास्य र बालविद्या मन्दिर माविले १ स्वर्णपदक हात पारेको छ ।

यसैगरी प्रतियोगिता जनप्रेमी माविले २ रजत र ३ कास्य पदक, सरस्वती मावि, हंशबाहिनी मावि र जनकल्याण माविले १र१ रजत पदक, लोटसबर्ड, सहिदकृष्ण मावि, कुश्मावति मावि र सूर्यदय माविले समान १÷१ कास्य पदक हात पारेको शुक्लागण्डकी नगरपालिकाका शिक्षा अधिकृत सुशील नरालले जानकारी दिए । २९ विद्यालय सहभागी रहेको प्रतियोगितामा १३ विद्यालय पदक विहिन बनेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker