नेपाल भारतसँग २-१ ले पराजित

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल म्याचमा नेपाल २-१ गोल अन्तरले पराजित बनेको छ । नेपालले राम्रो प्रदर्शन गरे पनि कमजोर फिनिसिङका कारण हार स्वीकार्न वाध्य भयो । नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे ।

माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्प्यिनसिपको तयारी स्वरुप आयोजित भारतविरुद्धका दुईमध्ये बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । तुलनात्मक रूपमा पहिलो खेलको तुलनामा राम्रो प्रदर्शन र गोलका अवसर पनि धेरै सिर्जना गरेको नेपाल फिनिसिङमा चुकेको थियो ।

पहिलो हाफमा भारतलाई बल पोसेसन होल्ड गर्न नदिएको र इन्टरसेप्सनलाई मुख्य हतियार बनाएको नेपालले गोलका लागि थुप्रै अवसर सिर्जना गरेको थियो ।

तर, नेपाली टोली फिनिसिङमा फितलो रहँदा हार टार्न सकेन । भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरेका थिए । यस्तै, २-० ले पछि परेको नेपालका लागि तेज तामाङले एक गोल फर्काएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker