भानु नगरपालिकाको त्रिभुवन माविले ५४औं वार्षिकोत्सव मनायो

तनहुँको भानु नगरपालिका-११ मानेचौकास्थित त्रिभुवन माध्यामिक विद्यालयले ५४औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमलराज जोशीको अध्यक्षतामा आयोजित कार्यक्रम प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपालका पुर्व स्थायी प्रतिनिधि प्रा.डा. जयराज आचार्य, भानु नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती लगायतले शभुकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, सो अवसरमा विद्यालयका प्रधानाध्यापक हिरामणी ढुङ्गानाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुति गरेका थिए । वार्षिकोत्सव समारोहमा विद्यार्थीको पिटी प्रदर्शन, गीत तथा नृत्य प्रस्तुति, विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने शिक्षक तथा विद्यार्थीरुलाई सम्मान, अक्षयकोष दाताहरूद्वारा पुरस्कार वितरण, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी पुरष्कृत लगायतका कार्यक्रम गरिएको थियो ।

विद्यालयले बहु कार्यक्रम अन्तर्गत कक्षा १-१२, प्राविधिक शिक्षालय, पढ्दै कमाउदै कार्यक्रम, युवा उद्यम विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै विद्यालयले विभिन्न २० वटा छात्रवृत्ति अक्षयकोषमा ३० लाख भन्दा बढी रकम जम्मा गरेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker