आठ वर्षपछि पुल बन्दै

तनहुँको भिमाद नगरपालिका-८ र शुक्लागण्डकी नगरपालिका-७ जोड्ने भागर दोभानस्थित सेती नदी माथि निर्माणा धिन पक्कि पुल ।
वि.सं. २०७२ असार ३० गते सम्झौता भई २०७५ असार २९ मा निर्माण सम्पन्न गर्ने गरी एड्भेन्चर कन्स्ट्रक्सन चितवनले पुल निर्माणको जिम्मा लिएपनि पटक-पटक म्याद थपेर पुल निर्माण कार्य अन्तिमचरणमा पुर्याइएको छ ।

करिब १०५ मिटर लामो पुल निर्माणका लागि ८ करोड ८० लाख ५० हजार ८८३ रुपैयाँमा सम्झौता गरिएपनि पछि लागत संशोधन गरी १० करोड एक लाख ५० हजार ५९३ रुपैयाँ गरिएको थियो । तस्विर : भञ्ज्याङ










